सुन्दरहरैचामा मनाइयो ३० औँ विश्व आदिवासी दिवस

0
16

मोरङ,

३० औँ विश्व आदिवासी दिवस शुक्रबार मोरङको सुन्दरहरैचामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाल आदिवासी जनजाति महासघं सुन्दरहरैचा नगर समन्वय परिषद मोरङको आयोजनामा गछियामा विभिन्न जातजातिको सांस्कृतिक झाकी सहितको र्यालीले बजार परिक्रमा गरेको थियो ।

बाजागाजासहित आदिवासी जनजातिहरुले आफ्नो भेषभुषामा सजिएर नाचगान गरी विश्व आदिवासी दिवस मनाएका हुन् । गछियामा नव निर्मित आदिवासी जनजाति सभाहल कार्यक्रमका प्रमुख अथिति तथा सुन्दरहरैचाका नगर प्रमुख केदार प्रसाद गुरागाई र उप प्रमुख अंकली चौधरीले संयुक्त रुपमा समुउद्घाटन गरेका थिए।

३० औँ विश्व आदिवासी दिवसको प्रमुख अथिति रहेका नगर प्रमुख गुरागाईले आदिवासीहरुको हकहित सरक्षण गर्दा नगरपालिकाको तर्फबाट गर्नुपर्ने सबै खालको सहयोग गर्न तत्पर रहेको बताएका थिए। साथै,उनले नगरपालिकाले सबै नगरबासीको स्वास्थ्यमा पहुच पुगोस् भनेर बिपन्न वर्गका नागरिकले स्वास्थ्य बिमा पनि गरिरहेको बताउदै बिमितले १ हजार तिर्ने र बाँकी २५ सय नगरपालिकाले व्यहोर्ने गरेको बताए।

आगामी भदौको पहिलो साता भित्रै नगरपालिका स्वास्थ्य क्षेत्र थप नया काम गर्न लागेको समेत बताएका थिए। कार्यक्रममा मगर, थारु, नेवार, तामाङ, राई, शेर्पा,उराउ लगायत जातीय संस्थाहरुले आ-आफ्नो ब्यानर सहित नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रमामा सहभागी जातीय संस्थाहरुलाई प्रमाण पत्र पनि वितरण गरिएको कार्यक्रम संयोजक तथा नेपाल आदिवासी जनजाति महासघं सुन्दरहरैचा नगर समन्वया परिषदका अध्यक्ष सुमन याख्खाले जानकारी दिए। कार्यक्रममा जग्गा दाता,चन्दा दाता सबैलाई प्रमाणपत्र सहित सम्मान गरिएको अध्यक्ष याख्खाले बताए।

कार्यकर्म सोचे भन्दा राम्रो भएको समेत उनले बताए। ३० औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा महासंघ सुन्दरहरैंचाले बिहिबार रक्तदान कार्यक्रम गरेको थियो भने त्यसमा ७० जनाले रक्तदान गरेका थिए।

संयुक्त राष्ट्र संघले सन १९९३ मा अगष्ट ९ लाई आदिवासी दिवसको रुपमा मनाउने घोषणा गरे अनुरुप हरेक वर्ष आजको दिन विश्व आदिवासी दिवस मनाइन्छ । मानव सभ्यताको विकास संगै क्रमिक रुपमा बसाइँसराइको क्रम सुरु भएपछि क्रमशः आप्रवासीहरुको घनत्व बढ्दा आदिवासीहरुको पहिचान र अस्तित्व कायम राख्न यो दिवस मनाइएको हो ।

त्यसयता अगस्त ९ लाई विश्व आदिवासी उत्सवमय बनाउन थालिएको छ । नेपाल पनि १४ डिसेम्बर १९५५ मै राष्ट्रसङ्घको सदस्य बनिसकेको हुँदा यो दिवस मनाउने गरिएको छ । राष्ट्रसङ्घले सन् २०२४ मा मनाइने ३०औं विश्व आदिवासी दिवसका निम्ति ‘स्वेच्छिक रूपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीहरूको अधिकार संरक्षण’ नारा तय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here