३० औं विश्व आदिवासी दिवसका अवसरमा नेफिन कमलद्वारा दिप प्रज्वलन

0
5

कमल ।

३० औं विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाती महासंघ (नेफिन) कमल गाउँपालिका समन्वय परिषदद्वारा दिप प्रज्वलन गरिएको छ ।

३०औं विश्व आदिवासी दिवसको सन्दर्भमा नेफिन कमल गाउँ समन्वय परिषद द्वारा आयोजित दिप प्रज्वलनको उद्घाटन किराँत राई यायोक्खा कोशी प्रदेश अध्यक्ष पारसमणी राई र कमल गाउँपालिका ३ नम्वर वडा अध्यक्ष अग्निप्रसाद कोईरालाले संयुक्त रुपमा गर्नु भएको थियो ।

“पहिचान, अधिकार सुनिश्चतताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान र सीपको प्रबद्र्धन गर्दै पुख्र्यौली भूमी, भाषा र संस्कृतिको संरक्षण गरौं” नारासहित विश्वभर जहाँ भएपनि आदिवासीहरु एक जुट भएर आदिवासी जनजाति आन्दोलनमा लाग्नुपर्ने किराँत राई यायोक्खा कोशि प्रदेशका अध्यक्ष पारसमणी राईले बताउनुभयो ।

परिषद् कमलका अध्यक्ष बदी साम्पाङ्ग राईकोे अध्यक्षतामा आयोजित कार्यक्रममा आदिवासी रङ्गशाला तथा स्मृती प्रतिष्ठानका कार्यवाहक अध्यक्ष दिपेनवाला राई, कम गाउँपालिका ३ नम्वर वडा सदस्य एङ्गल गुरुङ्ग परिषद कमलका कार्यसमित सदस्य, नेफिनका नेताहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन नेफिन कमलका उपाध्यक्ष तिर्थराज ताजपुरियाले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here