चम्लागाँईलाई नविल बैंकको सम्मान

0
113

बिर्तामोड ।

नेपाली व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाँईलाई नविल बैंकले सम्मान प्रदान गरेको छ ।

नेपालमा रेमिट्यान्स भित्र्याउन उल्लेख्य योगदान गरेको भन्दै कतारका सफल व्यवसायी समेत रहेका चम्लागाँईलाई प्रंशसा–पत्रद्वारा सम्मान गरिएको बताइएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले शुक्रवार चम्लागाँईलाई प्रशंसा–पत्र प्रदान गरेका हुन् । सन् २००९देखि चम्लागाँईले नविल बैंकबाट रेमिट्यान्स भित्र्याउन योगदान गरेको बताइएको छ । उनी अन्तर्राष्ट्रिय झापाली समाजका वरिष्ठ उपाध्यक्ष समेत हुन् ।

व्यवसायी चम्लागाँईले सामाजिक क्षेत्रमा समेत योगदान गर्दै आएका छन् । उनी झापाली समाज कतारका संरक्षक समेत रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here