भद्रपुरमा खुल्ला युथ मिनी म्याराथन साउन २८ मा

0
24

भद्रपुर ।

झापाको भद्रपुरमा तेस्रो खुल्ला युथ मिनी म्याराथन (महिला र पुरुष दौड) प्रतियोगिता हुने भएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर भद्रपुर नगर युवा परिषद्ले स्थानीय पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि यही साउन २८ गते शुक्रबारका दिन युथ मिनी म्याराथन प्रतियोगिता गर्न लागेको हो ।
यसपटक नगर युवा परिषद्ले किचकबधदेखि चन्द्रगढसम्म जोड्ने सडकलाई दौडको रुट बनाएको छ ।

पुरुष दौड किचकबधबाट सुरु भई सूर्यनगर, सगरमाथा चोक, झापा चोक हुँदै अस्पताल मोड, क्याम्पस मोड, ट्रेड युनियन चोकबाट धनुषमोड हुँदै चन्द्रगढी सामुदायिक उपभोक्ता वन समूहको कार्यालय अगाडि पुगेर टुङ्गिने छ ।

त्यस्तै महिलाको दौड झापा चोकबाट सुरु भई पुरुष दौडिने रुटसँगै जोडिएको नगर युवा परिषद्का सदस्य सचिव योगेन्द्र पौडेलले जानकारी दिए । मिनी म्याराथनलाई सफलसँगै भव्य बनाउन भद्रपुर नगरपालिकामा शुक्रबार दिउँसो विभिन्न संघ–संस्थाका पदाधिकारीहरूसँग छलफल गरिएको कार्यकारी उपाध्यक्ष आरोग्य तिम्सिनाले जानकारी दिए ।

पुरुषको हकमा १७ किलोमिटर र महिलाको हकमा १० किलोमिटर दौड हुने उनले बताए । प्रतियोगितामा महिला र पुरुष दुवैतर्फबाट प्रथम हुनेलाई नगद ११ हजार, द्वितीयलाई ७ हजार, तृतीयलाई ५ हजार र सान्त्वनालाई नगद ३ हजार नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here