महाभूकम्प र कोरोना शिर्षकभित्र नियाल्दा

0
16

कवि हिरण्यप्रसाद भट्टराईद्वारा रचित महाभूकम्प र कोरोना कविको नवौं कृति कविता संग्रह त्रिफला राष्ट्रिय पुस्तकालय मेचीनगर–१० धुलाबारी झापाले २०८० सालमा प्रकाशित भएको पाइयो ।

कवि हिरण्यप्रसाद भट्टराई १९९९ साल मंसीर १२ गते साविक सानोदुम्मा गाविस (हाल दुम्मा गाउँपालिका) सुप्ला भोजपुरमा जन्मनुभएका आयुर्वेदाचार्य कविराज भन्नुहुन्छ– ‘हाम्रो देशमा उत्पादित जडीबुटी प्रयोग सेवन गरी स्वास्थ्य जीवनयापन गर्न सकिन्छ ।’ उहाँको मुख्य लक्ष्यसहित यस कृतिबाट बुझ्न सकिन्छ । कवि भट्टराई राष्ट्र गुरु योगी नरहरिनाथज्यूबाट उत्प्रेरित भई उपाधिहरु प्राप्त गर्र्नुभएको छ । क्रिफला राष्ट्रिय पुस्तकालयले सूची अनुसार २६औं कृतिका रुपमा प्रकाशन गरेको पाइयो । प्रकाशकीय त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारीज्यूले लेख्नु भई शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

मेचीनगर नगरपालिका–१ का वडा अध्यक्ष रामकुमार राई, वडा सचिव प्रेमप्रसाद पराजुलीले समेत शुभकामना दिनुभएको छ । हरिप्रसाद न्यौपानेले महाविनासकारी भूकम्प–२०७२ भित्र के छ : प्रश्नको उत्तर स्पष्टरुपमा जानकारी गराउँदै लेख्नुभएको पाइन्छ । यसरी नै लेखक कविराज हिरण्यप्रसाद भट्टराईले पुस्तक प्रकाशनका लागि सहयोगी सम्पूर्णमा हार्दिक धन्यवाद दिँदै आभार व्यक्त गर्नुभएको छ ।

विषय सूचीमा महाभूकम्प, कोरोना भाइरस पहिलो लहर, कोरोना भाइरस दोस्रो लहर र ओमीक्रोन तेस्रो रुप समावेश गरिएको छ । अब शुरु गरौं महाभूकम्प कविता शार्दूलविकृत छन्दमा लेखिएको छ । यहाँ २०७२ साल बैशाख १२ गते तिथिमिति र क्षति धनजन, बालबालिका, महिला, पुरुष, वृद्धा, अशक्तहरु धेरैको जीवनलीला समाप्त भएको, जहाँतहाँ विपद्, थिचिएर–मिचिएर मृत्युवरण भयो । भूकम्पले क्षति गरेका दरबारहरु, मन्दिरहरु, धरहरा, रानीपोखरी, विद्यालयहरु, जनताका धेरै घरहरु, पशु–चौपायहरु, विभिन्न स्थान नुवाकोट, दोलखा, गोरखा, रसुवा, काठमाण्डौं, सिन्धुपाल्चोक केन्द्र बनाई कति–कति रेक्टरको महाभूकम्प गएको हो भन्ने कविता मार्फत भूल्न नसकिने भुली गए पनि कविका कविता संग्रह नवौं कृतिबाट इतिहास बुझ्न सकिने गरी स्पष्टरुपमा व्यक्त गर्नुभएको छ हिरण्यज्यूले ।

खाद्य सामग्री र सहयोग कुन–कुन देशले कति–कति दिए, साथै दिएका रकम र सामग्रीहरु कति सदुपयोग भयो, कति दुरुपयोग भयो भन्ने कुरासहित चामल कति कुहिएर गए आदि सरकारलाई व्यंग्यात्मक ढंगले छेड हान्नुभएको छ । कोरोना भाइरस कोभिड–१९ को प्रथम उत्पादन चीनको बुहान प्रान्तबाट उत्पन्न भई संसारभरी २१४ राष्ट्रहरुमा महामारी फैलिएको सन्दर्भमा कैयौं देशहरुले भ्याक्सिन उत्पादन गरी केही हदसम्म रोकथाम भयो । तर, जनताहरु खाद्यान्नको अभाव, भ्रष्टाचार, विचौलिया, नेता र लोकतन्त्र प्रति व्यंग्यात्मक विरोध प्रहार गर्नुभएको छ । २१४ देशहरुमा नै कोरोनाले तहसनहस पार्दै हाहाकार मच्चाउँदै विश्वभरी भाइरसले ठूलो क्षति गरेको कुरा दर्शाइएको छ । यी माथि उल्लेखित पेज ४६ देखि पेज ५० सम्म गद्यमा लेख्नुभएको छ ।

कोरोना दोस्रो लहर पद्य छन्दमा कविता मार्फत यसो भन्नुभएको छ– कोरोनाबाट बच्नका लागि जडीबुटी चिनेर, खोजेर घरमा आफैं तयार गरी सेवन गरे बच्न सकिन्छ भनेर आममानिसलाई सजग रहन आह्वान गर्नुभएको छ । नेपाललाई प्रदेशहरुमा विभाजन गरी टुक्रा–टुक्रा पारी देशको ढिकुटी रित्याउन मात्र नेताहरु अग्रसर भएको भनि व्यंग्य हान्नुभएको छ । तसर्थ, युवाहरु एकजुट भएर देश विकास निर्माणमा अग्रसर भई लाग्न आह्वान गर्नुभएको छ– कविराज हिरण्यज्यूले ।

कोरोना भाइरस पहिलो लहरमा गद्यमा टिप्पणी यसरी लेख्नुभएको छ– २१४ देशमा फैलिएको यो महामारी ठूला–ठूला राष्ट्रले धेरै अनुसन्धान र प्रयासबाट खोप तयार गर्न सफल भए । तथापि धेरै मानिसहरुको मृत्यु भयो । कविराज हिरण्यजीले पनि आफू सुपरभाइजन भई स्वास्थ्य सेवा गर्नुभएको उल्लेख गरिएको छ । नेपालमा भएका हत्याकाण्ड, जग्गाकाण्ड, दरबारकाण्ड, जघन्य अपराध लुकाउने–छिपाउने, काण्डहरु कसले गर्यो भनी प्रश्न गर्नुभएको छ । अब लडाइँ, झगडा होइन मेलमिलाप गरेर देशलाई उन्नतितिर लानुपर्ने सुझाव दिनुभएको छ ।

कोरोना भाइरस पहिलो लहरमा विश्वव्यापी रोगले कुनै जात, धर्म, धनी, गरीब, सानो, ठूलो कसैलाई छोडेन भने कालो धन्दा गर्नेहरुको पनि कम थिएन । खुल्ला सिमानाका कारणले पनि धेरैको ज्यान गयो । ओमिक्रोन तेस्रो रुपमा पनि माथि उल्लेख गरिएको छ । यी भाइरसहरु तोप, बारुद, गोलीगठ्ठाले भाग्दैन । तसर्थ, औषधिको अनुसन्धान, जडीबुटीको सेवनद्वारा पनि बच्न सकिन्छ । कोरोना, भूकम्प फेरि पनि आउन सक्छ, होसियार रहौं, बसौं भनि उहाँले लेख अन्त्य गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here