सुन्दरहरैचाकी समिक्षा ‘द भोइस अफ किड्स सिजन ३’ को फाइनलिस्टमा

0
11

मोरङ,

गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ मा फाइनलिस्ट छनोट भएका छन्। मोरङको सुन्दरहरैचा १० निवासी ब्राइट फ्युचर सेकेण्डरी स्कुल सलकपुरमा अध्यनरत समिक्षा दाहाल फाइनलिस्टमा पुगेकी छिन ।

ब्राइट फ्युचर सेकेण्डरी स्कुलका प्रिंसिपल टिका राम ढकालले नीनीले आफ्नो कला र गलाको माध्यमबाट आज राष्ट्रिय स्तरको प्रतिष्ठित प्रतियोगिता द भोइस अफ किड्सको फाइनलिस्टमा पुग्ग्न सफल भएको भन्दै खुशी ब्यक्त गरेका छन्। प्रिंसिपल ढकालले अब नानीले ‘द भ्वाइस किड्स’ सिजन ३ को उपाधि उचालेको हेर्न चाहेको बताउदै सबै सुन्दरहरैचा बसीलाई भोट गर्न पनि अपिल गरेका छन्।

उनलाई संगीत सिकाउने सप्तक कला केन्द्र सलकपुरका प्रमुख देवराज ढकालले समिक्षा अत्यन्तै मेहनती तथा उनको भोइस गड गिफ्ट भएको भन्दै उनले नै ‘द भोइस अफ किड्स सिजन ३’ को उपाधि उचाल्नेमा आफू ढुक्क रहेको बताए।

प्रमुख ढकालले सबैलाई भोट गरेर समिक्षालाई भोइस अफ किड्स उपाधि जिताउन सहयोग गर्न पनि अपिल गर्दै उनी सुन्दरहरैचाबसीको मात्र नभएर कोशी प्रदेशकै गहना भएको बताए। मिलन नेवारबाट समीक्षासँगै रिन्जिन डोल्मा लामा पनि फाइनलमा प्रवेश गरेका छन्।

कोच छेवाङ लामाबाट द्धितिका प्रधान र छेसाङ तामाङ फाइनलमा पुगे। अर्की कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामा फाइनलिस्टमा पुगेका छन् भने कोच प्रमोद खरेलको टिमबाट अनुया तामाङ र लाक्पा शेर्पा फाइनलमा पुगेका छन्।

आउँदो शनिबार फिनाले आयोजना हुँदैछ । सोही दिन बेलुका ७ बजेसम्म भोटिङ लाइन खुला रहेको र दर्शकले आफूलाई मनपर्ने प्रतिस्पर्धीलाई भोट गर्न सक्नेछन् । जसमा आठजना प्रतिभामध्येबाट एकजनाले टाइटल जित्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here