खोलामा डुबेर बालकको मृत्यु

0
23

झापा ।

झापाको भद्रपुरमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

भद्रपुर नगरपालिका–१ स्थित देवी खोलामा डुबेर स्थानीय महेश रसाइलीका ९ वर्षीय छोरा सौरभ रसाइलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोलामा खेल्ने क्रममा ती बालक डुबेको स्थानीयले देखेर उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएकोमा अस्पताल पु¥याउनसाथ चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here