हात्ती पर्यटन विकासको प्रयास

0
2

दमक ।

झापासहित पूर्वी नेपालमा मानव–हात्ती द्वन्द्वका घटनामा वृद्धि हुँदै गएपछि यसको न्यूनीकरणसँगै स्थानीयलाई आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले हात्ती पर्यटन विकासका लागि प्रयास हुन थालेको छ ।

मानव र हात्तीबीचको सहअस्तित्व हात्ती पाइने क्षेत्रका प्रायःजसो सबैको चासोको विषय भए पनि ठोस रूपमा काम अगाडि बढ्न सकेको छैन । फागुनको पहिलो साता कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री केदार कार्कीले हात्ती हिँड्ने बाटोको अवलोकन र भ्रमण गरेपछि यस विषयले निक्कै चर्चा पाएको थियो ।

झापाको बाहुनडाँगीदेखि उदयपुरको बेलटारसम्म जङ्गल नै जङ्गल उनले सरोकारवाला निकायसहित २५० किलोमिटर पैदलयात्रा गरेका थिए । यसको उद्देश्य हात्ती पर्यटनको सम्भावना खोज्नु रहेको बताइएको थियो । हात्ती करिडोर निर्माण तथा हात्तीको पुरानो जैविक बाटोको पहिचान गर्ने भनेर यो यात्रा भएको थियो ।

झापादेखि उदयपुरसम्मको हात्तीमैत्री पदयात्रा सरकारको तवरबाट पूर्वमा पहिलो पटक भएको भन्दै हात्ती संरक्षणकर्मीले औपचारिकतामा मात्र यात्रा सीमित नरहोस् भनेर सचेत पनि गराएका थिए । यो यात्राले हात्तीको संरक्षणमा जुट्नु पर्छ भन्ने सन्देश दिएको छ तर अब काम कसरी अगाडि बढ्छ त्यो हेर्न बाँकी छ – मेचीनगर नगरपालिका–४ का वडाध्यक्ष अर्जुन कार्कीले भने ।

वडाध्यक्ष कार्कीका अनुसार भारतबाट सयौँको संख्यामा एकैसाथ नेपालमा हात्ती प्रवेश गर्ने गरेका छन् । उनले भने – बाहुनडाँगी र आसपास मेचीनगर किनार हुँदै हात्ती प्रवेश नगरेको दिन नै हुँदैन । स्थानीयले अब यसलाई सहज रूपमा लिन थालेर हात्तीलाई माया गर्न थालेका छन् । उनल भने – हात्तीसँग कसैको पनि रिस छैन तर हात्तीले पु¥याउने गरेको क्षतिप्रतिको चिन्ता छ । अब हात्तीलाई कमाई खाने माध्यम तथा पर्यटनसँग जोड्नलाई स्थानीय उत्साही भएर लाग्न थालेका छन् ।

आफूहरूले केही वर्षअघि हात्ती रिसोर्ट खोलेर हात्ती पर्यटन शुरुवात गरेको र त्यसपछि धेरै काम भइरहेको उनको भनाइ छ । अहिले हात्तीमैत्री होमस्टे, हात्ती आगमन सूचना केन्द्र स्थापना, हात्तीसँग मैत्रीपूर्ण व्यवहार र घुलमिल लगायतका विषयमा कार्यव्रmम भइरहेको उनले जानकारी दिए । हात्तीको विषयमा बुझ्न र हात्ती हेर्न मानिस आउन थालेको उनको भनाइ छ ।

हात्ती परम्परागत रूपमा हिँड्ने जङ्गल क्षेत्र मानवबस्ती र कृषि क्षेत्रमा परिणत हुँदा हात्तीको नियमित आवागमनमा अवरोध पुगेकाले मानव–हात्ती द्वन्द्वका घटनामा वृद्धि भएको बाहुनडाँगीकै हात्ती संरक्षणकर्मी शङ्कर लुइँटेल बताउँछन् । हात्तीको आनीबानीका विषयमा जानकार भएर होसियारी अपनाउने हो भने क्षति न्यूनीकरण गर्न सकिन्छ भनेर यहाँका बासिन्दाले बुझ्न थालेको लुइँटेलको भनाइ छ । उनी समुदायले हात्तीप्रति गर्ने नकारात्मक व्यवहार परिवर्तन गराई हात्तीबाट हुने मानवीय क्षति न्युनीकरण गर्ने प्रयास अनुसार हात्ती पर्यटनको सम्भावना खोजी र काम पनि शरु भएको बताउँछन् ।

हात्तीले विभिन्न प्रजातिका बिरुवा खान्छ । रुखका ठूला हाँगा, जरा, कान्ड, पातसमेत खान्छ । डिभिजन वन कार्यालय झापाका अधिकृत जीवन पाठकका अनुसार हात्तीलाई धान, मकै, केरा, उखु जस्ता मानिसले लगाएका बाली मन पर्ने खाना भएकाले यसैका लागि उनीहरू बस्तीमा पस्छन् । एउटा प्रौढ हात्तीले दिनमा लगभग एक सय पचास केजी आहारा खाने गर्छ । एउटा हात्तीले एक पटकमा करिब एक सय लिटर र दिनमा लगभग २२५ लिटर पानी पिउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here