अर्जुनधारामा स्वतन्त्र नागरिक समाज

0
3

झापा ।

झापाको अर्जुनधारा विभिन्न राजनीतिक दलहरु त्यागेर स्वतन्त्र रुपमा अघि बढ्ने उद्धेश्यले स्वतन्त्र नागरिक समाज अर्जुनधारा गठन भएको छ ।

नागरिकको स्वतन्त्रता पूर्वक बाँच्न पाउने स्वतन्त्रता पूर्वक आफ्नो अभिमत, विचार प्रकट गर्न पाउने स्वतन्त्र एवम् संविधानप्रदत्त अधिकारको रक्ष ागर्ने उद्धेश्यका साथ समाज गठन भएको जनाइएको छ ।

अर्जुनधारा नगरपालिका भित्रका करिब ५० जना विभिन्न समुदाय, वर्गका व्यक्तिहरुको भेलामा ज्येष्ठ नागरिक प्रभाकर भारतीको अध्यक्षतामा भएको भेलाले अर्जुनधाराका टेकेन्द्रकुमार शिवाकोटीको संयोजकत्वमा प्रारम्भिक तदर्थ समिति स्वतन्त्र नागरिक समाज गठन गरेको हो ।

समितिको सह संयोजकमा अर्जुनधारा–७ का शंकर सुवेदी रहेका छन् । त्यस्तै सदस्यहरुमा केदारनाथ ढुङ्गेल, राम प्रसाद मिश्र, मोहनप्रसाद रिजाल, युवराज काफ्ले, शिव वस्नेत, पुनम सुवेदी, खगेन्द्र खतिवडा, सागर घिमिरे, गोपाल खतिवडा रहेका छन् । प्रारम्भिक तदर्थ समितिले अर्जुनधाराका सबै वडाहरुमा क्रमश समिति गठन गर्दै अघि बढ्ने जनाइएको छ ।

स्वतन्त्र नागरिक समाज अर्जुनधाराले वर्तमान व्यवस्था अनुसारको स्थानिय तह, प्रदेश र संघिय संरचनाबाट भइरहेको विकास निर्माणमा भइरहेको नीतिगत एवम् कार्यगत भ्रष्टाचार साथै भ्रष्टाचार जन्यगतिविधिको विरोध गर्ने जनाएको छ ।

समाजको संरचना अनुसारको वर्ग, समुदाय, धर्म, लिङ्ग एवम् सांस्कृतिक गतिविधिमा भईरहेको तिव्र दलिय करणको प्रकोपबाट आम नागरिकहरुलाई सचेत गराउँदै समाजमा स्वतन्त्रतापूर्व आफ्नो गरिखान पाउने अधिकारको सुनिश्चित गर्ने अभियानमा लाग्ने बताइएको छ ।

नागरिकहरुबाट उठाइने विभिन्न कर तथा शुल्कहरु प्रत्येक पाइलापाइलामा अत्याधिक चर्को रुपमा बढाइने कार्य र त्यसको चरम दुरुपयोगका विरुद्घमा आमनागरिकहरुलाई सुसुचित गराउने र त्यस्ताखाले गतिविधिको तिव्र विरोध गर्ने समाजले जनााएकाो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here