संखुवासभाको पाँचखपन सिभुवामा प्रहरी बिट स्थापना

0
8

मोरङ,

संखुवासभाको पाँचखपन नगरपालिका वडा नं-३ सिभुवा गौरीगाँउमा प्रहरी बिट स्थापना गरिएको छ ।

पाँचखपन नगरपालिकाका नगर प्रमुख विपिन राईको प्रमुख आथित्यतामा जनप्रतिनीधि, राजनीतिक दलका प्रतिनीधिहरु र स्थानीयवासीहरु समेतको उपस्थितिमा विशेष कार्यक्रमबिच उक्त बिट शुभारम्भ गरीएको हो ।

उक्त स्थानमा स्थानीय लाख बहादुर राईले प्रहरीको लागि ९१० वर्ग मिटर जग्गा २०७६ सालमा नि:शुल्क जग्गा दिएपछि प्रहरी बिट स्थापना गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्नु हुँदै नगर प्रमुख राईले प्रहरी बिटको स्थापनाले त्यस क्षेत्रको शान्ति सुरक्षाको स्थिति थप मजबुद हुने विश्वास व्यक्त गर्नुभयो । साथै नगरपालिका क्षेत्र भित्र रहेका नेपाल प्रहरीका कार्यालयहरुलाई शान्ति सुरक्षा प्रभावकारी व्यवस्थापनमा आवश्यक पर्ने स्रोतसाधन उपलब्ध गराउदै जाने प्रतिवद्धता समेत व्यक्त गरे।

कोशी प्रदेश सरकारबाट बिनियोजित बजेटबाट २ कोठे भवन निर्माण सम्पन्न भएको छ। स्थानीय बासिन्दाहरुबाट निरन्तर रुपमा प्रहरी कार्यालयको माग भईरहेको तथा बढ्दो अपराध न्यूनिकरण गरी शान्ति सुरक्षा सुदृढ गर्दै लैजान हालको विद्यमान जनशक्तिबाटै प्रहरी बिट संचालनमा ल्याएको इलाका प्रहरी कार्यालय वाना प्रहरी निरीक्षक देविदत्त मोतेले जानकारी दिए।

मौजुदा जनशक्तिबाटै व्यवस्थापन गरी संचालन गरिएको उक्त प्रहरी बिटमा हाल प्रहरी हबल्दार चुडा बहादुर थापाको नेतृत्वमा ५ जना प्रहरी खटिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here