बिर्तामोडमा हात्ती नियन्त्रणका लागि सोलार ईलेक्ट्रिक फेन्सिङ

0
7

बिर्तामोड, राष्ट्रिय प्रकृति संरक्षण कोषको आर्थिक सहयोगमा सोलार ईलेक्ट्रिक फेन्सिङ वाल निर्माण गर्दै हात्ती नियन्त्रणको प्रयास थालिएको छ ।
बिर्तामोड लगायतका क्षेत्रमा जंगली हात्तीले दुःख दिन शुरु गरेसंगै बिर्तामोड नगरपालिका वडा न ६, ७ र ८ मा सोलार ईलेक्ट्रिक फेन्सिङ वाल निर्माण शुरु भएको हो । पूर्ब–पश्चिम राजमार्गको कालिझोडा खण्डदेखि देवनीया पुलसम्म ईलेक्ट्रिक सोलार फेन्सिङ वाल निर्माण हुन लागेको हो । रााष्ट्रिय प्रकृति संरक्षण कोषले १ करोड ३२ लाख ३६ हजार ५१२ रुपैंयाँ लगानी गरेसंगै हात्तीको समस्या निराकरण गर्न सोलार ईलेक्ट्रिक फेन्सिङ वाल निर्माण शुरु गरिएको बिर्तामोड नगरपालिकाले जनाएको छ । 
फुङफुङे सैलेश्वरी निर्माण सेवाले आयोजनाको काम गर्ने र आगामी कात्तिक मसान्तसम्ममा निर्माण सम्पन्न गरिने बताइएको छ । झण्डै ९ किलोमिटर क्षेत्रफलमा निर्माण गरिने उक्त आयोजनाको शिलन्यास बिर्तामोड नगरपालिका प्रमुख पवित्रादेवी महतरा प्रसाईले गरिन् । सोलार ईलेक्ट्रिक फेन्सिङ वाल निर्माणको शुभारम्भसंगै यसले हात्ती नियन्त्रणका लागि मद्दत पुग्ने उनको विश्वास छ । बिर्तामोड नगरपालिकाको वडा न ६, ७ र ८ मा हात्तीको समस्या अत्याधिक रहेको भन्दै त्यो समस्या न्युनीकरण गर्न यो योजना अघि सारेको उनको भनाई छ ।


शिलान्यास कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले स्वागत गरेको कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका बिरेन्द्र गौतम, हरियाली सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष जगतबहादुर राई, सुन्दर निचाझोडा सामुदायिक बन समुहका अध्यक्ष बद्री प्याकुरेल, बिर्तामोड ६ का वडाध्यक्ष सुर्यप्रसाद कन्दङवा, ७ का कृष्णप्रसाद खरेल, ३ का मदन बुढाथोकी लगायतको सहभागिता रहेको थियो । बिर्तामोड ६ बाट सुरु भएको निर्माण कार्य बिर्तामोड ८ मा सम्पन्न हुने छ ।
चारआली जङ्गलमा हात्तीको बास स्थान छ । जङ्गलबाट निस्किने हात्तीले स्थानीयको अन्नबाली खानुका साथै घर भत्काएर क्षति पुर्याउदै आएको छ । हात्तीको समस्याबाट स्थानीय पीडित हुने क्रम बढेपछि सोलार ईलेक्ट्रिक फेन्सिङ वाल निर्माण गर्न लागिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here