सौन्दर्य प्रतियोगिताको नाममा कमाउ धन्धामा ‘जुनियर मिस्टर एण्ड मिस उर्लाबारी’

0
35

तेजन खड्का

उर्लाबारी । पूर्वमा हुने सौन्दर्य प्रतियोगिताहरु पछिल्लो समय विवादमा तानिदै गएका छन् । पछिल्लो समय भईरहेका यस्ता प्रतियोगिताहरु प्रतिभाको खोजी गर्ने माध्यम नभएर कमाई खाने भाडो भएको आरोप लाग्न थालेको छ । आयोजकहरुले राम्रो स्पोन्सर र प्रायोजक नखोजी स्वयम प्रतियोगिहरुसँग रकम असुल्दै आएको गुनासो बढ्न थालेको छ ।

सौन्दर्य प्रतियोगिताको खास अर्थ बौद्धिकतासँग र प्रतिभासँग जोडिएको हुन्छ । सौन्दर्य प्रतियोगिताले बौद्धिक सुन्दर र प्रतिभावान व्यक्तित्वलाई समाजमा स्थापित गर्ने र सामाजिक दायित्व निर्वाह गराउने अवसर प्रदान गर्दछ । तर, आजभोलि विभिन्न बाहानामा महिनै पिच्छे हुने ‘सौन्दर्य प्रतियोगिता’ आयोजकको कमाइ खाने भाँडो बनेको तितो यथार्थ बाहिर आउन थालेको छ ।

‘मिस’, ‘प्रिन्स’ जस्ता पदावली जोडिदिए पछि सुरु हुन्छ, आजभोलिको सौन्दर्य प्रतियोगिता । व्यक्तिको सर्वाङ्गिण विकासमा जोड दिइनु पर्ने यस्ता प्रतियोगिता अहिले आर्थिक चलखेलका कारण बदनाम हुँदै गइरहेका छन्।उर्लाबारीमा अहिले जुनियर मिस्टर एण्ड मिस उर्लाबारी २०८१ नामक प्रतियोगिताको आयोजना भईरहेको छ । यतिवेला कार्यक्रममा सहभागी वालबालिका प्रशिक्षणमा ब्यस्त छन् । ड्रिम मोडलिङ एजेन्सी नामक संस्थाको आयोजनामा भईरहेको उक्त प्रतियोगिता विवादमा तानिदै गएको छ । कार्यक्रममा सहभागी ‘शुल्क’ १५ हजार रुपैंयाँ लिइएको छ भने प्रशिक्षणकै क्रममा भोटिङ राउण्ड भन्दै अनलाईन भोट माग्न लगाइएको छ । जहाँ सहभागीका अभिभावकले लाँखौ खर्च भईसकेको गुनाासो गरिरहेका छन् । ‘नानीहरुको क्षमता बढ्ला,प्रतिभा प्रस्फुटन होला भनेर कार्यक्रममा आफ्नो नानीलाई सहभागी गराए, तर यो सिधासिधी कमाई खाने भाडो पो रहेछ, एक अभिभावकले भने ।नानीको भोटको लागि आफुले ९० हजार बराबरको भोट गरिसकेको उनले बताईन्।

अर्का अभिभावको गुनासो पनि उस्तै छ, उनी भन्छन, नानीको ईच्छाको लागि कार्यक्रममा सहभागी गराए, पैसो नहुँनेको त कामै रैनछ । अहिले यो कार्यक्रम निल्नु न ओकल्नु भएको छ । नानीलाई सहभागी गराईरहौ, यो मन्दीको बेला लाखौं खर्च, सहभागीबाट निकालौं, नानीको ईच्छा र बालमनोबिज्ञानमा पर्ने असर ।

समाचार श्रोतका अनुसार भोटिङ सोटिङ नराउने, टिकट नबेचाउने भनेर भनेपछि केहि सचेत अभिभावकहरुले आफ्ना नानीहरुलाई कार्यक्रममा सहभागी गराएका हुन्। तर आयोजकले उनीहरुबाट १५ हजारका दरले छिन्न सफल भएको छ । कार्यक्रममा झण्डै ५० जना कार्यक्रममा सहभागी छन् ।

‘मैले त नानीको लागि भोट मागेको छैन, १५ हजार तिरेका एक अभिभावकले भने, सुरुदेखीको भोट के को लागि चित्तै बुझेको छैन।’उर्लाबारीका युवा प्रदीप धिमाल भन्छन‘ प्रतियोगितामा प्रशिक्षण भईरहेको बेला के को भोट ? के आधारमा प्रतियोगिलाई भोट दिने उनले प्रश्न गरे । न त उनीहरुको प्रतिभा दर्शक सामु छर्लङ्ग हुने कुनै माध्यमबाट देखाइएको छ ।

सहभागीहरु भोट माग्न ब्यस्त

आयोजकले भोट गर्न लगाएर भोटिङबाट कमाई गरिरहेको छ त्यतिमात्र होईन ड्रेस,फोटो सुट भन्दै बिहिन्न बहानामा पैसा कुम्लीयाउने काम भईरहेको प्रतिस्पार्धामा सहभागी एक वालिकाले नाम उल्लेख नगर्ने सर्तमा भनिन ।

कार्यक्रममा सहभागीहरुलाई पुरस्कारको विषयमा चित्त नबुझेको स्रोत बताउछ । तर प्रतियोगिहरु बाहिरि रुपमा कार्यक्रममा बिजेता नभईने डरले बोल्न चाँहेका छैनन्। बिभिन्न वाहानामा आयोजकले पैसा मागेपछि पैसा नहुने अभिभावकहरुको ढाड सेकिएको छ । हुने खानेहरु पैसाकै बलमा उपाधि चुम्ने दाउमा छन। एक किसिमको उर्लाबारीको अभिभावकलाई भोटको नाममा ‘उपाधि जुवा’ नै खेलाईएको छ।

पुरस्कारमा के छ ?

१५ हजार देखी २५ हजार सम्म पुरस्कार रहेको आयोजकले जनाएको छ।जावो त्यति पुरस्कारको लागि प्रायोजक खोज्न आयोजकले सक्थियो । तर खाने बाहाना भएको प्रस्ट देखिन्छ।

एक ठाउँमा सकिए लगत्तै अर्को ठाउँमा आयोजना हुने यस्ता प्रतियोगिताले प्रतिस्पर्धीको क्षमता बृद्धि भन्दा आयोजकले आर्थिक रुपमा नाफा कमाउने उदेश्य मात्र देखिन्छ । जिल्ला प्रशासनमा दर्ता भएका सामान्य संघसंस्थाले एउटा क्राउन शिरमा राखेर उपाधि दिदैंमा प्रतिस्पर्धीहरुको भबिष्य बन्नेमा जानकारहरु शंका प्रकट गर्छन् । नामकै मात्र उपाधिले आगामि दिनमा बिजेताहरुको भविष्य निर्माण हुने भन्दा पनि उपाधिको रक्षा कसरी भन्ने अन्यौलता छ । अभिभावकलाई काबु बनाएर आफ्नो भेद नखुल्ने ठाउँमा प्रतियोगिता गर्न आयोजक लागि परेका छन्।

‘अहिले भइरहेका कार्यक्रममा कमाउने धन्दा मात्र देख्छु, सञ्चारकर्मी बिजय धिमाल भन्छन, ‘सौन्दर्यको नाममा यस्तो बद्मासी रोकिनुपर्छ।’

प्रतिभा प्रस्फुटन गराउने कार्यक्रम गर्नु नराम्रो होइन तर अचेल यस्ता कार्यक्रमहरु फेसनको रुपमा प्रयोग भइरहेको धिमालको भनाई छ । उनका अनुसार यस्ता कार्यक्रम आयोजना गर्यो स्पारो एसएमएस मार्फत पनि रकम असुल्यो अनि प्रतिस्पर्धिका अभिभावकलाई समेत मनोवैज्ञानिक दवाद सिर्जना गरेर त्यहाँबाट पनि पैसा असुल्ने गरेको पाईन्छ । सोही कार्य जुनियर मिस एण्ड मिस्टर उर्लाबारीमा समेत दोहोरीएको उनले बताएका छन।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here