खड्गले हातसंगै सर्वस्व गुमाए

0
6

बिर्तामोड ।

यो मन भन्छ कहाँ जाँउ कस्ले नी देला बस्ने ठाँउ
मै दुःखीको विरानो भयो
आहै आफ्नै घर–गाँउ,
हुँदा आफ्नो नहुँदा सबै बिरानो …

गायक शभ्भु राईको यो गीतमा भने झैं झापाको मेचीनगर–१० धुलाबारीस्थित तेलकानीका खड्गबहादुर थापाको जीवन पनि त्यस्तै भएको छ । २०४१ सालमा जन्मिएका थापाले पाँच वर्षअघि देब्रे हात गुमाउनुप¥र्यो ।

बाहदशीमा एक फर्निचर उद्योगमा काम गर्ने क्रममा थापाको देब्रे हात बेन्सो मेसिनले छिनाल्यो । तत्कालै उपचारका लागि बिर्तामोड स्थित बीएण्डसी अस्पताल पु¥याए पनि उनको हात जोडिएन् । हात नजोडिएपछि अपाङ्ग बनेका थापा अहिले मागेर दैनिक जीवन चलाइरहेका छन् ।

फर्निचरका सञ्चालक रत्न लिम्बूले उपचारको सबै खर्च दिएको बताएका थापाले निको भएपछि काम नदिँदा अहिले मागेर हिड्नुपर्ने अवस्थामा पुगेको बताए । पूर्वाञ्चल दैनिकको कार्यालयमा आइपुगेका थापाले भने– मेरो हात मात्र गुमेन, परिवारबाटै अलग हुनुप¥र्यो । दैनिक १५ सयदेखि दुई हजार रुपैंया सम्म कमाउने गरेका थापा अहिले मागेर दैनिक चार–पाँच सय मात्र कमाउने गरेको बताउँछन् । काम गर्दै गरेको अवस्थामा आफु घाइते भएपछि लिम्बूले राहतसमेत दिए पनि उक्त रकम श्रीमतीले आफूलाई नदेखाएको दुखेसो पोखे ।

हात काटेको एक वर्षपछि घरमा श्रीमतीले खान पनि दिन छाडेपछि आफैंले घर छाडेर हिडेको बताउने थापाले भने–अहिले मेरो घर छैन्, जहाँ बस्यो त्यहि हो घर । कसैले दया गरेर दिएमा खान्छु, विरामी हुँदा पनि कतै जाने ठाँउ छैन् । आखिर सबैलाई पैसा नै प्यारो हुँदो रहेछ । हिजो कमाउने हुँदा तिनै श्रीमतीको प्यारो भएँ म, आज पैसा कमाउन छाडेपछि उनैले घरबाट निकालिन् ।

आफ्नो एक छोरी रहेका बताउने थापााले आाफ्ना आफ्न्तहरु भारतका विभिन्न स्थानमा रहेको बताए । १५ वर्षदेखि फर्निचरमा काम गरेपनि अशक्त भएपछि अहिले काम बिहीन भएको उनले उल्लेख गरे । एउटा हात मात्रै गुमेपनि अरु काम गर्नका लागि कसैले मौका नदिँदा मागेर हिड्नुपर्ने अवस्था आएको बताएका थापाले कसैले काम दिए आफुले सक्ने काम गर्ने बताए । मेचीनगरस्थित वडाकार्यालयले आफुलाई मध्यम अपाङ्गको कार्ड बनाईदिएकाले राहत सहयोग नपाएको उल्लेख गरे ।

विभिन्न संघ–संस्थाहरुले नक्कली हात दिने भन्दै हातको नाप समेत लगेपनि हालसम्म कसैले केही सहयोग नगरेको बताए । आफुसंग मोबाइल समेत नभएको बताएका थापाले झापाको कांकरभिट्टा, बिर्तामोडदेखि धरान तथा विराटनगर लगायतका स्थानसम्म पुगेर माग्दै हिड्ने गरेको बताए । उनले आफुलाई कसैले सहयोग गर्ने भए मेचीनगरस्थित तेलकानीमा सम्र्पक गरिदिन अनुरोध समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here