राजवंशीलाई ठगी गर्नेमाथि कार्वाहीको माग

0
21

झापा , झापा बिर्तामोड–२ चारपाने निवासी तिलकचन राजवंशीलाई ठगी गर्नेहरुमाथि राजवंशी समाज विकास समितिले कार्वाहीको माग गरेको छ ।

राजवंशी समाज विकास समिति नगर कार्यसमिति बिर्तामोडले एक प्रेस विज्ञप्ति जारी गरी ५० लाख रुपैयाँ शेयर हाल्ने भनेर सहमति गरेका तिलकचनको एक कठ्ठा १२ धुर जग्गा एनआइसी एसिया बैंकको सुरुङ्गा शाखामा राखेर २ करोड २४ लाख रुपैयाँ झुक्याएर निकाल्ने व्यक्तिहरुले ठगी गरेको ठहर गरी तिलकचनलाई झुक्याएर ठगी गर्ने त्यस कार्यमा संलग्न शेयर सदस्य , बैंक कर्मचारी जो जो छन् , सबैलाई कानुनको कठघरामा ल्याउन प्रहरी प्रशासनसंग माग गरेको हो । बिर्तामोड नगर समितिका अध्यक्ष सिरतलाल राजवंशी र सचिव बालकृष्ण राजवंशीले जारी गरेको विज्ञप्तिमा सोझा सीधा राजवंशीहरुलाई टाठाबाठा जातिले अझै पनि जालझेलमा पारिरहेको आरोप लगाइएको छ । विज्ञप्तिमा भनिएको छ ,‘ राजवंशीहरु यतिकै सकिएका होइनन्् । जालझेल , अन्याय , अत्याचारमा पारेको पुस्तौ भईसक्यो , अझै पनि पारिरहेका छन् । ’
चतुर र टाठाबाठा जातिले दुर्वल र सोझा सीधा जातिलाई सँधैभरि शोषण र दमन गरिरहन पाउनु पर्छ भन्ने कुनियत स्थापित भए सामाजिक विचलन र विखण्डन आउन सक्ने भएकाले तिलकचन राजवंशीको घटनाप्रति गंभीर बन्दै बैंकमा डुब्न लागेको जग्गा फिर्ता गराई दोषीमाथि कानुन बमोजिम कार्वाहीका लागि पहल गरिदिन उनीहरुले सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई आव्हान गरेका छन् ।
बिर्तामोड–२ चारपानेका युनिस भेटवाल र बिर्तामोडका लब मैनालीले संयुक्त रुपमा तीन वर्षअघि चारपानेमा ओम शिवम् ट्रेडर्स नामक हार्डवेयर होलसेल पसल सञ्चालनमा ल्याएका थिए । मैनालीले व्यवसाय छोडेपछि तिलकचन र बिर्तामोडका धर्मप्रसाद संग्रौला जोडिएका थिए । त्यसपछि उनीहरुले साविक ओम शिवम् ट्रेडर्सको नाम परिवर्तन गरी ओम शिवम् ट्रेडर्स प्रालि राखेका थिए ।

तीन सदस्यीय नयाँ कम्पनीमा संग्रौलाले ५० लाख र तिलकचनले ५० लाख रुपैयाँ शेयर हाल्ने सहमति भएको बताइएको छ । तिलकचनको नाममा बिर्तामोड–२ मा रहेको एक कठ्ठा १२ धुर जग्गा राखेर एनआइसी एसियाको सुरुङ्गा शाखाबाट २ करोड २४ लाख ऋण निकालिएको छ । कम्पनीका अध्यक्ष युनिसका बुबा मनोरथ भेटवाल र बैंकका कर्मचारीको मिलेमतोमा अधिक मूल्यांकन गरेर ऋण निकालिएको तिलकचनको आरोप छ । जुन जग्गा लिलामी हुन लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here