प्रादेशिक अस्पतालको नयाँ भवनबाट सेवा सुरु

0
15
बनियानी , झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालले नयाँ भवनबाट बहिरङ्ग ओपिडी सेवा सुरु गरेको छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रामबाबु खड्काले आज वैदिक विधिबाट पूजाआजा गरी नयाँ भवनबाट ओपिडी सेवा सुरु गरेका हुन् । अस्पतालमा ओपिडीमा सेवा लिन आउने सेवाग्राहीको चाप अधिक हुने गरेको पहिलो चरणबाट नयाँ भवनमा उक्त सेवा सुरुआत गरिएको निमित्त मेडिकल सुपरिटेन्डेट खड्काले बताए ।
भवन निर्माण भएर मात्र हुँदैन, अन्य स्वास्थ्य सामग्री र उपकरण पनि चाहिन्छ”, उनले भने “त्यसैले ओपिडी सेवा मात्र सुरु गरेका हौँ ।” उनले केही सामग्री खरिद गरिए पनि त्यो अपर्याप्त भएको बताए ।  पर्याप्त बजेट व्यवस्थापन गर्न सकिए नयाँ भवनबाट पूर्णरुपमा सेवा प्रवाह गर्न सकिने उनको  भनाइ छ ।
नवनिर्मित अस्पताल भवनको तला थपका लागि सरकारले रु दुई करोड बजेट उपलब्ध गराइसकेको छ । भवनको ठेक्का प्रक्रिया सुरु भई काम अघि बढाइने खड्काले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here