एनसीसीमा सहभागी विद्यार्थीहरुको तालिम निरीक्षण तथा अनुगमन

0
2

छविराज ढकाल,
पथरीशनिश्चरे ।

मोरङका विभिन्न विद्यालयहरूबाट राष्ट्रिय सेवा दल(एनसीसी)को जुनियर डिभिजन ५० औं ब्याचका विद्यार्थीहरूको तालिमको निरीक्षण तथा अनुगमन भएको छ।

राष्ट्रिय सेवा दल पूर्व तालिम शिक्षालय, मोरङ (याङ्शीला) का प्रमुख सेनानी राजकुमार बस्नेतको नेतृत्वमा आएको निरीक्षण तथा अनुगमन टोलीले मोरङको पथरी शनिश्चरे–२ मा स्थापित रेडस्टार माविमा भइरहेको एनसीसी ट्रेनिङ अवलोकन तथा अनुगमन गरेको हो।

यस विद्यालयबाट यस वर्षको लागि ३६ जना विद्यार्थीहरु एनसीसी तालिममा छनौट भइ हाल तालिम संचालन भइरहेको छ। पथरी शनिश्चरे नगरपालिकाबाट रेडस्टार मावि र भगीरथ माविका ३६ जनाका दरले कूल ७२ जनाले सो तालिममा सहभागिता जनाएका छन् भने मोरङ जिल्लाबाट सो तालिमको लागि उर्लाबारी र पथरी शनिश्चरे नगरपालिकाका तीन विद्यालयका कक्षा १० मुनिका जुनियर तर्फ ७२ जना छात्रछात्रा र सिनियर तर्फबाट कक्षा११–१२ मा अध्ययनरत ३६ जना विद्यार्थीहरु यस वर्ष छनौटमा परेका हुन्।

तालिममा सहभागी विद्यार्थीहरुलाई सेवा दल मोरङका प्रमुख सेनानी राजकुमार बस्नेत, तालिमका प्रशिक्षकहरु राजु बस्नेत, महेश थापा मगर, चन्द्र विनोद दहाल, समेतले आवश्यक जानकारी तथा निर्देशन सहितको ब्रिफिङ दिनु भएको थियो।

सोहि क्रममा रेडस्टार माविका निर्देशक तथा प्रिन्सिपल टिएन तिम्सिनाले आफ्नो विद्यालयका छात्र छात्राहरुलाई राष्ट्रिय सेवा दलमा संगठित गरी भविष्यमा राष्ट्र सेवामा समर्पित हुने अवसर दिएकोमा आभार सहित प्रशंसा गर्नु भएको थियो।

सोहि क्रममा तालिमको निरीक्षण तथा अनुगमन गर्न आएको टोलीका सदस्यहरुलाई उहाँले रूद्राक्ष माला लगाई मायाको चिनो प्रदान भएको थियो। उक्त अवसरमा पूर्व तालिम शिक्षालय मोरङका प्रमुख सेनानी राज कुमार बस्नेतले विद्यालय परिवारले न्यानो आतिथ्यता तथा सम्मान प्रकट गरेको भन्दै आभार प्रकट गर्नुभएको थियो।

हाल सो शिक्षालयले मधेश र कोशी प्रदेशका गरी कूल १७ जिल्लाका २९ विद्यालयहरूमा अध्ययन गर्दै आएका छात्र छात्राहरुलाई यो तालिम संचालन भैरहेको राष्ट्रिय सेवा दलकी प्युठ (शिक्षिका) शान्ता थापाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here