झापामा ब्राउन सुगरसहित एक भुटानी शरणार्थी पक्राउ

0
3

बिर्तामोड ।

झापामा प्रतिबन्धित लागू औषधसहित एक भुटानी शरणार्थी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर जी ३ घर भई हाल बिर्तामोड नगरपालिका–१ मा डेरा गरी बस्ने २५ वर्षीय विशाल राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार बिर्तामोड–१ स्थित पश्चिम बस स्ट्यान्डमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकसहित १ ग्राम ४४ मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो ।

उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here