आगलागीबाट डेढ लाख बराबरको क्षति

0
1

कमल ।

झापाको कमल गाउँपालिकामा आगलागी हुँदा गाईगोठ जलेर नष्ट भएको छ ।

कमल गाउँपालिका– २ समयगढ बस्ने देउमान राईको घरनजिकै रहेको बाँसको टाटी बेरा र टिनको छानो भएको दुई तले गाईगोठमा अचानक आगलागी भएको थियो ।

आगलागीबाट गाईगोठ र गोठमा रहेको २० मन धान जलेर पूर्ण रुपमा नष्ट हुँदा अन्दाजी डेढ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी तोपगाछीको प्रहरी टोली, स्थानीय र कमल गाउँपालिकाको दमकलको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here