सवारी दुर्घटनाबाट दुई जनाको मत्यु

0
2

विराटनगर ।

सुनसरी र उदयपुरको छुट्टा–छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

फलाम लोड गरेर ल्याउदै गरेको को २ त ६३४९ नम्बरको ट्याक्टर उदयपुरको चौदण्डीगढी नगरपालिका–३ मा अनियन्त्रित भई पल्टिदा ट्याक्टर चालक इटहरी उप–महानगरपालिका–५ का ३० बर्षीय तिलकबहादुर राईको घटनास्थलमानै मृत्यु भएको थियो ।

दुर्घटनामा घाईते भएका सह–चालक इटहरी–१५ का २२ बर्षीय संजय ऋषिदेव र २२ बर्षीय प्रल्हाद ऋषिदेवको नगर अस्पताल बेल्टारमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यता सुनसरीको इनरुवा नगरपलिका–४ मा ना ३ ख १४५ नम्बरको ट्रकले को २२ प ४०८० नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा गम्भिर घाईते भएका मोटरसाईकल चालक भोक्राहा नरसिङ गाउँपालिका–२ का ५२ बर्षीय रमानन्द मेहतालाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा पु¥याउना साथ साथ डाक्टरले मृत घोषाण गरेका थिए भने ट्रक चालक मकवानपुर हेटौडाका ५९ बर्षीय केदार सिङ वाईबालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here