सुरुङ्गामा महिलाहरुका लागि अभिमुखीकरण

0
7

सुरुङ्गा । 

नेपाल महिला संघ झापाको आयोजना र ४ नम्बर क्षेत्रीय समितिको संयोजनमा झापाको सुरुङ्गामा महिलाहरुका लागि एकदिने अभिमुखीकरण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सभाहलमा आयोजित प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति केशवराज पाण्डेले आफूभित्रको शक्ति चिनेर अघि बढ्न महिलाहरुलाई आह्वान गर्नुभयो ।

पौराणिक कालदेखि नै नारीशक्तिको पूजा–उपासना गर्ने परम्परा रहेको उल्लेख गर्दै का.वा. सभापति पाण्डेले आफूभित्रको शक्ति सदुपयोग गरेर अघि बढ्न आह्वान गर्नुभएको हो ।

लोकतन्त्र प्राप्तिपछि मुलुकले थुप्रै उपलब्धी प्राप्त गरेको बताउँदै उहाँले लोकतन्त्रले केही दिएन भनेर निराश हुनुपर्ने अवस्था नरहेको दावी गर्नुभयो । आफ्नै वरिपरीको विगत र वर्तमानको अवस्था अध्ययन गरेर लोकतन्त्रप्रतिको निराशा त्याग्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै महिला संघ झापा अध्यक्ष टिका सिटौला मैनालीले प्रशिक्षणपछि महिलाहरुमा आत्मविश्वास बढ्ने सशक्तीकरणमा टेवा पुग्ने बताउनुभयो । नेपाल महिला संघ ४ नम्बर क्षेत्रीय अध्यक्ष पुष्पा प्रसाईंको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत निर्मला बस्नेत र सञ्चालन गृषा रावल थापा र कुमारी योङहाङले संयुक्त रुपमा गर्नुभएको थियो ।

झापा गाउँपालिकाका कार्यबाहक अध्यक्ष अञ्जु थपलियाले शुभकामना मन्तब्य राख्नुभएको कार्यक्रममा महिलाहरुको नेतृत्व विकासका विषयमा विकास उप्रेती, संविधान÷कानूनमा महिला अधिकार सम्बन्धी ब्यवस्थाका विषयमा लक्ष्मी खनाल कोइराला र नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास र महिला संघका विषयमा कृष्ण हुमागाईले प्रशिक्षण दिनुभएको नेपाली कांग्रेस झापाका सदस्य रश्मिशेखर सुवेदीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here