वैज्ञानिक समाजवादी मोर्चा नेपालद्वारा घर जग्गा कब्जाको घोषणा

0
112

बिर्तामोड, वैज्ञानिक समाजवादी मोर्चा नेपालले बिर्तामोड १ स्थित बाल्मीकि एजुकेशन फाउण्डेशन अगाडि रहेको सुवास कटुवालको जमिनमा बनेको घर कब्जा गरिएको घोषण गरेको छ ।
पार्टीका जिल्ला संयोजक आशिष लिम्बूलगायत ५÷६ जनाको समूहले प्रेस विज्ञप्ति र झन्डा टांगेर घरजग्गा कब्जा भएको ब्यानर राखेका छन् ।
कटुवालले बिर्तामोड नगरपालिका–१ बस्ने होम चौधरीलाई २०५७ सालमा आफ्नो खेतीपाती गर्न ल्याएको र त्यसवापत स्थायी रुपमा बसोबास गराइदिने भनेर आश्वासन दिएकोमा हाल विभिन्न मुद्दा मामिला, धाक धम्कीसहित उक्त जग्गाबाट निकाल्न दवाब दिएको भन्दै सो पार्टीले उक्त घरजग्गा कब्जा भएको ब्यानर राखेका हुन् ।
चौधरीलाई कटुवालले धाक धम्की दिँदै घर निकाला गर्न लागेपछि पीडितलाई न्याय दिन बाध्य भएको विज्ञप्तिमा उल्लेख छ । पार्टीद्वारा जारी विज्ञप्तिमा चौधरीलाई घर जग्गा दिलााउनका लागि टलफल गरी आवश्यक निर्णयमा नपुगुन्जेली घर जग्गा संगठनको कब्जामा रहने भनिएको छ ।
यसअघि गत साउन २२ गते एनआइसी एसिया बैंकले लिलामी गरेको बिर्तामोडको एक घरमा दुर्गा प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानले कव्जा गरेको भन्दै व्यानर टांगेको थियो ।
बिर्तामोड ५ स्थित शाक्य मेडिकलको सय मिटर उत्तरमा रहेको गिरीधारी पोद्धारको घर एनआइसी एसिया बैंकले लिलामी गरेको थियोे । सो घर कब्जा गरेको भन्दै महाअभियानले राखेको व्यानर भोलिपल्ट प्रहरीले हटाएको थियो ।

त्यस्तै गत वर्ष कपिलमणि शिवाकोटीको बिर्तामोड ५ मा रहेको जग्गामा परेको अरु व्यक्तिको घर हटाउन खोज्दा विप्लव माओवादी नेतृत्वको कम्युनिष्ट पार्टीले व्यानर राखेर कव्जाको घोषणा गरेको थियो । सो व्यानर पछि प्रहरीले हटाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here