जनजाति महासंघको आयोजनामा माईमा रोपाई जात्रा

0
10

विमल दहाल, इलाम ।

इलामको माई नगरपालिकामा शुक्रबार रोपाइँ जात्रा मनाइएको छ। प्रत्येक वर्ष मनाईदै आएको रोपाई जात्रा शुक्रबार नेपाल आदिबासी जनजाती महासंघ नगर समन्वय परिषद माई र नेवा देय्: दवू नगर कार्य समिती माई नगरपालिकाको आयोजनामा सम्पन्न भएको हो।

विशेषगरी नेवार समुदायले मनाउने रोपाइँ जात्रा माईमा भने सवै जनजाति र गैरजनजातिहरुको सहभागितामा मनाईएको छ । देशका अधिकांश स्थानमा मनाईने रोपाई जात्रा धान रोप्ने काम सकिएको खुसियालीमा मनाइने गरिन्छ।

३०औ विश्व आदिवासी जनजाति दिवसको अवसरमा नेवारी जातिको परम्परागत संस्कृति पर्व अनुसार संयुक्त जनजातिहरुको सांस्कृतिक पहिचान सहितको भेषभुषाका साथ “ रोपाई जात्रा कार्यक्रम” माई नगरपालिका इलाममा सम्पन्न भएको नेपाल आदिबासी जनजाती महासंघ माई नगर समिति अध्यक्ष सेतु तामाङले वताउनु भयो।

माई नगरपालिकाको शितली स्थित रेडक्रस भवनबाट सुरु भएको जात्रा माई नगरपालिका भवन, शितली बजार, नमस्ते चौक, मस्ते टोल, डाँडागाँउ हुँदै शुक्रबारे बजार परिक्रमा गरि अन्त्य भएको आयोजकले जनाएको छ। पञ्चेवाजा, तामाङ सेलो, चण्डी नाँच, च्यावुङ्ग नाज, मुण्डा नाच, भुर्रा नाच सहितका जातिय पहिचान सहित सम्पन्न जात्रामा रोपार, वाउसे, जोतार, हलि, कलौटे, लाखे लगायतको प्रस्तुती रहेको थियो।

माई नगरपालिका प्रमुख खम्बा सिं लिम्बुले उद्घाटन गर्नु भएको जात्रा जनजाति महासंघ माई अध्यक्ष सेतु तामाङको अध्यक्षता र सचिव राम राईको सञ्चालनमा शुरु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here