लक्ष्मी माविको सामाजिक परीक्षण प्रतिवेदन सर्वसम्मत पारित

0
7

अर्जुनधारा ।

झापाको अर्जुनधारा–६ लक्ष्मीपुरस्थित लक्ष्मी माध्यमिक विद्यालयले शनिबार एक कार्यक्रमकोबिच सार्वजनिक गरेको गत आर्थिक वर्ष ०८०/०८१को सामाजिक परीक्षण प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर राईको अध्यक्षता र अर्जुनधारा नगरपालिका शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख तोयानाथ रेग्मीको प्रमुख आतिथ्यमा आयोजित प्रतिवेदन सार्वजनिक कार्यक्रममा उक्त प्रतिवेदन पारित भएको हो ।

विद्यालयकी प्रधानाध्यापक निर्मला पोखरेलले प्रस्तुत गरेको प्रतिवेदनमा विद्यालयको भौतिक अवस्था, शैक्षिक अवस्था, व्यवस्थापकीय अवस्था, गत आर्थिक वर्षको आय–व्यय विवरण, विद्यालयको प्रगति विवरण आदि उल्लेख गरिएको छ ।

जसअनुसार प्रगति विवरणको भौतिक अवस्था अन्र्तगत विद्यार्थीहरुलाई सुविधासम्पन्न कक्षा कोठामा पठनपाठन, शिक्षकहरुको पुराणमा घोषित रकमबाट फिल्टरसहितको खानेपानी जडान, वडाबाट प्राप्त बजेटबाट स्टेजमा ट्रष्ट तथा दुर्गा र सरस्वती मन्दिर घेराबारा, दिवा खाजाका लागि पूर्वाधार अन्र्तगत छुट्टै चमेना गृह तथा कर्मचारीको व्यस्था र प्रत्येक कक्षाकोठामा पर्याप्त पंखा जडान गरिएको छ ।

त्यसैगरी शैक्षिक अवस्था अन्र्तगत गत शैक्षिक सत्रमा कक्षा–८ र कक्षा–१२ को वार्षिक परीक्षामा नगर उत्कृष्ट, बाल कक्षा देखि कक्षा–१२ सम्म अँग्रेजी माध्यममा र कक्षा–६ देखि कक्षा–१० सम्म अँग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन, बालमैत्री कक्षा व्यवस्थापन तथा कक्षा–१ देखि कक्षा–३मा वर्ग शिक्षकको व्यवस्था, पुस्तकालय र प्रयोगशालाको समुचित प्रयोगको व्यवस्था र अतिरिक्त क्रियाक्लापद्वारा विद्यार्थीहरुको नियमित सहभागीता तथा विभिन्न विधामा विजेता बन्न सफल रहेका छन् ।

त्यस्तै गत आर्थिक वर्षमा दुई करोड ४२ लाख ६७ हजार तीन सय २२ रुपैयाँ १४ पैसा बराबरको आर्थिक कारोबार गरेको विद्यालयमा व्यवस्थापकीय अवस्था अन्र्तगत विभिन्न समिति, उपसमिति र क्लब गठन भएका छन् । जसमा विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, शिक्षकहरुको विभागीय उपसमिति, शिक्षकहरुको विषयगत उपसमिति, बाल क्लब र रेडक्रस रहेका छन् ।

कार्यक्रममा सहभागीहरु चुँडामणि भट्टराई, जगत कार्की, बलबहादुर कोइराला, भक्ति रिमाल, हरिप्रसाद ढुङ्गेललगायतले विद्यालयका पूर्व प्रधानाध्यापक वीरेन्द्रप्रसाद गुप्ताले विद्यालयलाई बुझाउन बाँकी दायित्व रकम २८ लाख ६९ हजार एक सय छ रुपैयाँ ९६ पैसा, जमिनको अवस्था, भावी योजना, स्काउटको सम्भावनालगायतका विषयमा राखेको जिज्ञासा बारे प्रधानाध्यापक पोखरेलले स्पष्ट पारेका थिइन् ।

वडाध्यक्ष हरिशचन्द्र बाँस्तोलालगायतले मन्तव्य राखेको कार्यक्रममा स्वागत मन्तव्य समितिकी शिक्षक प्रतिनिधि सरीता भट्टराईले गरेकी थिइन् । उक्त कार्यक्रमको सञ्चालन शिक्षक–अभिभावक संघका शिक्षक प्रतिनिधि सुशिल ढुङ्गेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here