नेपाल कम्युनिष्ट पार्टी (वहुमत)को देशव्यापी भ्रष्टाचार विरुद्ध जनसंघर्ष अभियान(विज्ञप्ति सहित)

0
20

झापा, नेपाल कम्युनिष्ट पार्टी वहुमतले भ्रष्टाचार विरुद्ध जनएकता तथा जनसंघर्ष अभियान देशव्यापी रुपमा चलाएको जनाएको छ ।
अभियान अन्तरगत गरिव किसान माथिको वित्तीय शोषण , कालोवजारी, तस्करी , शिक्षा , स्वास्थ्य र भूमि माथिको माफियतन्त्रका विरुद्ध आम उत्पीडित जनतासंग एकाकार भई संघर्ष सञ्चालन गर्दै आएको पार्टीका सेक्रेटरी सिलङ्गले जनाएका छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै क्रान्ति विरोधी कार्यमा कथित डलरको खेती गर्ने मानवअधिकारवादीहरु, शैक्षिक माफियाहरु, क्रान्तिकारी आन्दोलनबाट च्यूत भएकाहरु पार्टीले चलाएको अभियानबाट अतालिएको उल्लेख गरेका छन् । विज्ञप्तिमा केही सञ्चार माध्यममा पार्टीको राष्ट्रिय नारालाई जोडेर अनरगल प्रचार भएको भन्दै ध्यानाकर्षण भएको उल्लेख छ । पूर्वाञ्चल दैनिक पत्रिकामा प्रकशित समाचार प्रति समेत पार्टीको ध्यानाकर्षण भएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here