वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको अधिवेशन असोजमा

0
20

बिर्तामोड ।

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले आगामी असोज ३ गतेबाट ५ गतेसम्म प्रथम राष्ट्रिय सम्मेलन गर्ने भएको छ । ७७ वटा जिल्लाबाटै प्रतिनिधिहरुको ब्यापक उपस्थिति रहने बताइएको छ ।

उक्त पार्टीले झापाबाट कम्तीमा चार जनाको प्रतिनिधित्व रहने झापा जिल्ला सेक्रेटरी किरण राईले जानकारी दिए ।

समुदाय नै उत्पादक, समुदाय नै वितरक, बिनिमयकर्ता पनि समुदाय नै र उपभोक्ता पनि समुदाय नै भन्ने नाराका साथ आपूmहरु जनता माझ गएको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य सुरज राईले बताए । उनले भने– हाम्रो पार्टी जनता माझ नै रहेको छ, हामीले कसैसँंग चन्दा आतंक मच्चाएका छैनौं ।

आफूहरुले देशको जनक्रान्तिलाई अघि बढाउने क्रममा यथाशक्य सहयोग गर्न आग्रह गर्दा केही ब्यक्तिले भ्रम सिर्जना गर्न खोजेको केन्द्रिय सदस्य राईले बताए ।

समानान्तर अर्थतन्त्र निर्माण विज्ञान सम्मत संकृति निर्माण र वैज्ञानिक समाजवादी राजनीतिक ब्यवस्था बनाउने उद्देश्यका साथ आफूहरु लागेको उक्त पार्टीले जनाएको छ । शैक्षिक माफिया, वेरोजगार, बैंक तथा वित्तीय संस्थाको अत्याचार, संसदीय ब्यवस्था विरुद्ध आफूहरु लागेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको उत्पीडित किरात रााष्ट्रिय मुक्ति मोर्चाका संयोजक मोती राईले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here