घोडचढी व्यवसायप्रति युवाहरूको आकर्षण बढ्दै

0
2

छविराज ढकाल
पथरी शनिश्चरे,

 

पछिल्लो समय इलामका फिक्कल, हर्कटे र कन्यामका यूवाहरुको घोडचढी व्यवसायप्रति आकर्षण बढ्दै गएको छ।

यसैबिच, इलामको श्रीअन्तु -५का सागर लामा यतिवेला सूर्योदय नगरपालिका वडा नम्बर ८ को हर्कटे र कन्याममा विगत डेढ वर्षदेखि घोडचढी व्यवसाय गर्दै आएका छन्।
उनले दैनिक हजार -१५सय रूपैयाँदेखि ५हजार रूपैयाँसम्म आम्दानी हुने जनाएका हुन्।

त्यहाँ रहेको घोडचढी व्यवसायी सङ्घमा आबद्ध उनले २ लाख देखि २ लाख ५० हजार रूपैयाँ खर्चेर बलियो र फुर्तिलो घोडा आन्तरिक तथा बाह्य पर्यटकहरुको मनोरञ्जनका लागि संचालनमा ल्याइएको जनाएका छन्।

सागर जस्तै सूर्योदय नगरपालिका वडा नम्बर २ का अनिज दर्जीले पनि यो व्यवसायप्रति आकर्षित भएका छन्। न्युनतम ५० रूपैयाँदेखि माथि दुरी र स्थानको आधारमा भाडा लिदै उनले फिक्कल,हर्कटे, कन्याम , आदि बजार, चियाबगान र पार्कहरुमा पर्यटकहरूलाई घोडामा सवार गराएर पर्यटन र मनोरञ्जन प्रदान गर्दै आएका छन् ।

उनले आफ्नु पालो परेका दिन सरदर १५ सय रूपैयाँदेखि ५ हजार नगदी कमाई हुने बताएका हुन्। १३/१३ घोडाको समुहले फरक फरक समयमा उनीहरूको पालो पाउने गर्छ। उनी विगत ३ वर्षदेखि यही पेशामा आबद्ध रहेका छन्।

विशेषगरी, चाडबाड र सार्वजनिक विदा( शुक्रबार र शनिबार ) मानिसहरूको चहलपहल र भीड लागेसँगै यो व्यवसायप्रति युवा पुस्ताको क्रेज बढेको पाइन्छ। यहाँको घोडचढी व्यवसायी संघको अनुसार डेढदेखि २ लाख रुपैयाँ सम्म खर्च गरेर इन्डियाका विभिन्न सहरबाट राम्रा जातका ३९ वटा घोडाहरू ल्याइएका छन्।

हरेक दिन १३ वटा घोडाको समुहले पालो लगाएका छन्। जम्मा ३९ वटा घोडाधनीहरूले घोडचढी व्यवसाय सङ्घले तोकेको मापदण्ड अनुसार आ -आफ्नो घोडाहरूलाई तबेलामा तैनाथ राखिएको घोडचढी व्यवसायी संघ, कन्यामका प्रेम ग्यावा तामाङले जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here