बिर्तामोडमा हब कन्सलटेन्सी

0
7

झापा, हब इन्टरनेशनल एजुकेशन प्रालिको सातौं शाखाको बिर्तामोडमा एक समारोह बीच उद्घाटन गरिएको छ । नेपाली विद्यार्थीहरुलाई बिदेश अध्ययन गर्न जानु अघि जान लागेको देश र कलेज लागत र त्यहाँ आइ पर्ने समस्याको बिषयमा परामर्श दिनका लागि बिर्तामोडमा शाखा स्थापना गरिएको बताइएको छ ।
यो शाखाले पूर्वका विद्यार्थीहरुका लागि सहज हुने बिर्तामोडका प्रवन्ध निर्देशक दीपेन्द्र बुढाथोकीले बताए । विद्यार्थीहरु रोजगारसहित मास्टर, ब्याचलर, डाक्टर आदि अध्ययनका लागि अस्ट्रेलिया, अमेरिका, युके, आयरलेण्ड, क्यानडा, न्युजिल्यान्ड, भारत, युरोपका देशहरुमा जाने हुँदा काठमाडौंसम्म गएर ठूलो धनराशि खर्च गरी परामर्श लिनु पर्ने बाध्यतामा थिए ।
आफ्नै घर पायक परामर्श सेवा उपलब्ध गराउन यो शाखा बिर्तामोडमा सञ्चालन गरिएको बताइएको छ । कार्यक्रमका प्रमुख आतिथि एवम् हब इन्टरनेशनल एजुकेशन प्रालिका केन्द्रिय कार्यालय काठमाडौंका प्रमुख संस्थापक उत्तमबहादुर खड्काले शाखाको उद्घाटन गरेका थिए । काठमाडौंको हात्तीसारमा प्रमुख कार्यालय रहेको हबको १९ बर्षअघि स्थापना भएको हो । ललितपुर, चितवन, बुटवल, भैरहवा, पोखरा, नेपालगञ्ज र बिर्तामोडमा शाखा कार्यालय हब इन्टरनेशनलको कर्पाेरेट शाखा अष्ट्रेलियामा रहेको सञ्चालक खड्काले जानकारी दिए । शाखा स्थापनासँगै टोफेल, आइइएलटिएस लगायतको भाषा कक्षाहरु पनि बिर्तामोडमै उपलब्ध गराउने तयारी कन्सलटेन्सीको छ ।


बिद्यार्थीको करियर काउन्सिलिङका लागि भरपर्दाे कन्सलटेन्सी हब इन्टरनेशनल एजुकेशन भएको दावी सञ्चालकले गरेका छन् । कोशी प्रदेशमा पहिलो शाखा स्थापना गरेको हब इन्टरनेशनलले चाँडै नै इटहरी र बिराटनगरमा शाखा स्थापना गर्ने तयारी गरेको छ । अन्यभन्दा सस्तो, राम्रो र भरपर्दाे काउन्सिलिङ गर्ने दावी गरेको हबले बिदेशका कलेजमा भर्नापछिको सेवा पनि उपलब्ध गराउने बताइएको छ । बिर्तामोड शाखामा बैंकर्स दीपेन्द्र बुढाथोकी, व्यवसायी प्रियन्का शंकर र सोमना महत सञ्चालक रहेका छन् ।
अहिलेको समय सिपबेगर, अनुभव र कलेज, भर्ना प्रक्रिया, लागत, भाषा, बस्तु स्थिति नबुझी जाने हँुदा धेरै विद्यार्थी समस्या परेको र अभिभावकहरु आर्थिक समस्या पर्ने जस्तो समस्यालाई सहयोग गर्न अनुभवी परामर्शदाता टिमहरु रहेको र विभिन्न बिषयमा ब्यवस्थित कक्षा सञ्चालन हुने हँुदा केही विद्यार्थीहरुलाई छात्रवृत्ति एवम् अन्य संस्थागत सुबिधा समेत दिने बुढाथोकीले बताए । कार्यक्रम शाखाको कन्सलटेन्सीका सञ्चालक उद्धबबहादुर खड्का र नेपाल शैक्षिक परामर्श संघ– इक्यान) का झापा अध्यक्ष रोशन सुवेदी लगायतले उद्घाटन गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here