खुकुरी प्रहार गरी हत्या गर्ने संखुवासभाका बराल पक्राउ

0
2

योगेन्द्र योगी
बिराटनगर,

सुनसरीको इलाका प्रहरी कार्यालय धरानले खुकुरी प्रहार गरी हत्यामा संलग्न रहेका संखुवासभाको खाँदबारी -२ का ३३ बर्षीय बबिन बराललाई घटनामा प्रयोग भएको खुकुरी सहित पक्राउ गरेको छ ।

सोमबार धरान उप-महानगरपालिका-३ की ३७ बर्षीया सिर्जना साही आफ्नै मोबाइल पसलमा बसिरहेको अवस्थामा बहिनीज्वाई नाता पर्ने बरालले सामान्य घरायसी विवादको क्रममा सिर्जना साही र उनकी १४ बर्षीया छोरी युनिसा साहीलाई शरिरको बिभिन्न भागमा खुकुरी प्रहार गरेका थिए ।

घटनाको जानकारी प्राप्त हुनानाथ तत्काल घटना स्थलमा खटिएको प्रहरी टोलीले घाईते भएका दुबै जनालाई उपचारको लागी धरान घोपा पठाएको र घटनामा संलग्न बराललाई खुकुरी सहित नियन्त्रणमा लिएको थियो ।

घाईते युनिसाको उपचारको क्रममा सोही दिन मृत्यु भएको थियो । घटनामा संलग्न बरालको कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान भईरहेको सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here