पथरी शनिश्चरे -३ मा डेंगी रोकथाम तथा नियन्त्रणका लागि अन्तर्क्रिया

0
5

पथरी शनिश्चरे,

माेरङ्गकाे पथरी शनिश्चरे वडा नं. ३ मा डेंगी रोकथाम तथा नियन्त्रणका लागि अन्तर्क्रिया कार्यक्रम भएको छ ।

डेंगी संक्रमण वृद्धि भएसँगै आज वडा नं ०३ को कार्यालयले डेंगी रोकथाम तथा नियन्त्रणका लागि अन्तरक्रिया कार्यक्रम गरेको हो । आज नै सोहि वडाको आइतबारे बजारमा ‘सर्च एण्ड डिस्ट्रोय’ कार्यक्रम गरिएको छ ।

वडाको पिपल चौक, सेर्मा चौक, सगरमाथा टोल र मगर टोलमा डेंगी संक्रमण भएका विमारी पत्ता लागेपछि त्यहाँ वडावासीलाई सतर्क रहन सचेतनामुलक कार्यक्रम आयोजना गरि सचेत गराइएको छ ।

स्वास्थ्य शाखा सह–संयोजक सिअहेव एकराज खत्रीले सहजीकरण गर्नुभएको सो कार्यक्रम वडाध्यक्ष विजय लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडाका विद्यालयका प्रअहरु, वि.व्य.स. अध्यक्षहरु, वडाका स्वयंसेविका र वडावासीहरुको उपस्थिति रहेको थियो ।

अब वडाले हरेक टोल टोलमा डेंगी रोकथाम तथा नियन्त्रणका लागि ‘सर्च एण्ड डिस्ट्रोय’ कार्यक्रम थालिएको वडाध्यक्ष लिम्बुले जानकारी दिनुभयो । वडाले यसभन्दा अघि पनि ‘सर्च एण्ड डिस्ट्रोय’ कार्यक्रम गर्दै आइरहेको आधारभूत स्वास्थ्य केन्द्रका अहेव आशिष गौतमले जानकारी गराउनुभयोे ।

नगरपालिकामा हालसम्म २५ जनालाई डेंगी संक्रमण भएको स्वास्थ्य शाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here