बँदेल सिकार गरेको अभियोगमा पूर्वडीआईजी सहित १० जना पक्राउ

0
16

झापा । जंगली बँदेल सिकार गरेको अभियोगमा पूर्वडीआईजी सहित १० जना पक्राउ परेका छन् । प्रहरीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित कोशी पलार क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । सप्तरी प्रहरीका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–२ का नेपाल प्रहरीका पूर्वडीआईजी ज्ञानविक्रम शाह, पूर्वउपसभामुख गंगाप्रसाद यादवका छोरा आकाश बहरखेर यादवसहित १० जना छन् । आकाश हनुमाननगर कंकालिनी नगरपालिका–८ का हुन् ।
यस्तै विराटनगर ३ का नेपाल प्रहरीका बहालवाला सई सञ्जय न्यौपाने, इटहरी २ का प्रदीप लिम्बू, राजविराज ७ का रवीन दास, तिरहुत २ का लक्ष्मण मण्डल, हनुमाननगर कंकालिनी–२ का जर्नादन राउत पनि पक्राउ परेका छन् । हनुमाननगर कंकालनी ५ का ओमशंकर प्रसैला, वडा १ का लक्ष्मण मण्डल र वडा ३ का शंकर खिडहरी यादवलाई पनि पक्राउ गरिएको छ ।
बँदेल सिकार गरेको अवस्थामा हातहतियारसहित बुधबार राति २ बजे उनीहरु पक्राउ परेको र अहिले जिल्ला प्रहरी कार्यालयमा राखेर थपअनुसन्धान गरिरहेको डिएसपी न्यौपानेले जानकारी दिए । उनका अनुसार २२ क्यालिबरको राइफल एकवटा, म्यागजिन दुई, १५ राउन्ड गोली, तीनवटा वाइनाकुलर, ट्राइपोर्ट एक, फलामको हथौडा एक, खुर्पा एक थान पनि बरामद भएको छ ।
गोली हानेर मारिएको बँदेल, लोड गरिएको को. २ त. ६९ नम्बरको ट्रयाक्टर र प्र ३ – ०१– ०२२ च ६८५५ नम्बरको स्कार्पियोसमेत नियन्त्रणमा लिएको डीएसपी न्यौपानेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here