संचार गृहको अक्षयकोषमा आर्थिक सहयोग

0
19

बिर्तामोड,नारी संचार गृह झापाले स्थापना गरेको अक्षयकोषमा आर्थिक सहयोग जुटेको छ ।
बिराट बहुउद्देश्यीय सहकारी संस्थाका ऋण अधिकृत टिका अधिकारीले आफ्नो दिवंगत हजुर आमा हिम माया अधिकारीको जन्म दिनको अवसरमा रू ५१०५ ९पाँच हजार एकसय पाच० र व्यवस्थापक तेज पाठकले दुई बर्ष अघि दिवंगत हुनु भएको आमा बिष्णु माया पाठकको संझनामा ५११५९पाँच हजार एकसय पन्ध्र० नारी संचार गृहका टोलीलाई हस्तान्तरण गरेका छन् ।
बिराट बहुउद्देश्यीय सहकारी संस्थाको सैनिकमोड स्थित कार्यालयमा आज भएको सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका प्रवन्धक रुद्र सिटौला, नारी संचार गृह झापाकी अध्यक्ष रेजिना गौतम, निबर्तमान अध्यक्ष भिमा शिवाकोटी, अक्षय कोष व्यस्थापन समितिका संयोजक जोसना श्रेष्ठ र सदस्य दिपा पोखरेल सहभागी थिए।
कार्यक्रममा संचार गृहकी अध्यक्ष रेजिना गौतमले संस्थाका बारेमा संक्षिप्त रूपमा जानकारी दिदै सहयोगी द्वयलाई संस्थाका तर्फबाट आभार सहित धन्यवाद प्रकट गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here