अधिवक्ता खगेन्द्र खरेललाई पितृशोक

0
51

चन्द्रकान्त ढकाल
झापा,  । अधिवक्ता खगेन्द्र खरेललाई पितृशोक परेको छ । बिर्तामोड नगरपालिका – ८ हर्चना निवासी खरेलका बुवा नन्दलाल खरेलको ९१ वर्षको उमेरमा भदौ १३ गते विहीवार राति निधन भएको हो । ढुङ्गेसाँघु ताप्लेजुङमा १९९१ साल कात्तिकमा जन्मिएका खरेल केही समय अघिबाट उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित थिए ।
खरेलकी श्रीमती राममाया खरेलसहित चार छोरा र चार जना छोरी छन् । छोरा बुहारीहरुमा होमप्रसाद –कमला, भक्तिप्रसाद –मीरा, खगेन्द्र–कल्पना र डिल्ली–सावित्रा खरेल रहेका छन् । छोरी ज्वाँइहरुमा यशोदा–भरत पाठक, कल्पना–दधिराम उप्रेती, राधा–भुवन गौतम, जानुका–मनोज उप्रेती रहेका छन् । स्वर्गीय खरेलको पार्थिव शरीरको सामाजिक परम्परा अनुसार शुक्रवार कनकाई माईमा अन्त्येष्टि गरिएको छ ।
अधिवक्ता खरेल नेपाल बार एशोसियसन झापाको निवर्तमान कोषाध्यक्ष तथा डेमोक्रेटिभ लोयर्स एशोसियसन झापाको कार्य समिति सदस्य हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here