नेकपा (माओवादी केन्द्र) द्वारा कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

0
8

झापा । नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेको पार्टीको प्रदेश संसदीय दलको बैठकपछि माओवादीले नेकपा (एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

समर्थन कायमै राखेर माओवादी साउन ११ गते नै सरकारबाट बाहिरिएको थियो । माओवादी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले माओवादी केन्द्रले दल र संसदको तर्फबाट समर्थन फिर्ता लिएको जानकारी दिए । सरकारबाट बाहिरिएको १ महिनापछि माओवादीले समर्थन पनि फिर्ता लिएको हो ।
एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की माओवादीकै समर्थनमा गत वैशाख २७ गते संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री बनेका थिए । केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएसँगै माओवादी प्रतिपक्षमा पुगेको छ ।
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयलमा दर्ता गरिसकेको प्रदेशसभा सचिव गोपाल पराजुलीले जानकारी दिए । नेपाली कांग्रेसले पनि सरकारलाई समर्थन गरेको पत्र दर्ता गरेको उनले बताए । तर, आन्तरिक भाण्डबन्डामा अल्झिएको कांग्रेस भने हालसम्म सरकारमा सहभागी भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here