बिराटनगर,

मोरङको सुन्दरहरैचा १० मा रहेको हिमालय इङ्गलिस स्कुल हरितालिका तीज पर्वको अवसरमा शुक्रबार बिभिन्न कार्यक्रम गरेको छ ।
स्कुलको प्रांगणमा आयोजित कार्यक्रमा अभिभावक र विद्यार्थीहरुलाई तीजको दर ख्वाउदै मनोरंजनसहित बिबिध सास्कृतिक कार्यक्रमको आयोजना गरिएको स्कुलका प्रिन्सिपल कमल खनालले जानकारी दिए।
विद्यार्थीलाई संकार र संकृतिको बिषयमा जानकारी गराउने र अतिरिक्त कृयाकलापमा सहभागि गराउने उद्देश्यले तीज बिशेष कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल खनालले बताए ।
‘विद्यार्थी हरेक क्षेत्रमा ज्ञान आर्जन गर्न सक्छन्, रुची अनुसारको सिकाईका लागि हामिले वातावरण बनाईदिनु पर्छ’ प्रिन्सिपल खनालले भने ‘ नेपाली समाजमा यो पर्वको मौलिक स्वरूप विकास भएको हुनाले तीज विशुद्ध नेपाली पर्व भएकाले अभिभावक सहित कार्यक्रम गरेका हौ।’
तीज के हो हाम्रा चाडपर्वहरुलाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने उदेस्यले कार्यक्रमको आयोजना गरिएको उनले बताए। चेली–माइती बीचको सम्बन्धलाई प्रगाढ बनाउँनका लागि यो पर्वले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले पनि स्कुल अभिभावक र विद्यार्थीको उपस्थितमा सामुहिक तीज बिशेष कार्यक्रमको आयोजना गरिएको स्कुलले जनाएको छ।
कार्यक्रमका प्रमुख अथिति सुन्दरहरैचा नगरपालिकाका १२ का वडा अध्यक्ष तथा नगर प्रवक्ता रोशन प्रसाद ढकालले तीज बिषेश कार्यक्रमको आयोजना गरेर हिमालय इङ्लिस स्कुलले तीजलाई प्रभावकारी बनाउने, समाजलाई एउटै मालामा उन्ने र धर्म सस्कृतिको संरक्षण गर्ने कार्य गरेको भन्दै प्रसंशा गरेका थिए।
कार्यक्रमको विशिष्ट अतिथि स्थानीय समाजसेवी कमला देबि अधिकारी ,अथिति एन प्याप्सन सुन्दरहरैचा नगर अध्यक्ष खगेन्द्र धिमाल,बेलबारी एन प्याप्सन अध्यक्ष पर्वत राई लगायतको उपस्थिति रहेको थियो। पछिल्लो समय सुन्दरहरैचामा हिमालय स्कुलले विभिन्न एस्ट्रा एक्टिभिटी गर्दै आएको छ।






























