इष्टर्न साहारा कम्पनीले आईपीओ जारी गर्ने

0
1

काठमाडौं ।

इष्टर्न साहारा कम्पनी लिमिटेडले साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता शेयर मूल्य एक सय रुपैयाँ दरको २० लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न लागेको हो ।

उक्त सर्वसाधारणहरुमा निष्काशन गरिने साधारण शेयरको लागि ‘क्रेडिट रेटिङ्ग नियमावली, २०६८’ को नियम ३ मा भएको व्यवस्था बमोजिम क्रेडिट रेटिङ्ग गर्नको निमित्त नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्थासँग द्विपक्षीय सम्झौता भएको छ ।

वि.संं. २०७९ सालमा पब्लिक कम्पनीको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको इष्टर्न साहारा कम्पनी लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बिर्तामोड नगरपालिका, चारपाने, झापामा रहेको छ ।

लियाजन अफिस बानेश्वर हाइट काठमाडौंमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here