बिर्तामोडमा बसको ठक्करबाट एक महिलाको मृत्यु

0
41

बिर्तामोड ।

झापाको बिर्तामोडमा आज दिउँसो बसको ठक्करबाट एक महलिाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड नगरपालिका–५ स्थित हिकोला मोडमा बाटो काट्ने क्रममा दमक तर्फ जाँदै गरेको प्र १–०२–००२ ख ००३५ नम्बरको यात्रु बहाक बसले प्र १–०१–०१३ प ५७०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट मोटरसाइकलको पछाडी सवार इलामको माई नगरपालिका–४ गैरीगाँउकी ३० वर्षीया तुलसा पाँचकोटीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । बसको ठक्करबाट गम्भिर घाइते भएकी पाँचकोटीको उपचारका लागि बीएण्डसी अस्पताल पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा मोटरसाइकल चालक माई नगरपालिका–४ का ३६ वर्षीय ठिरप्रसाद सुवेदी र बस चालक कनकाई नगरपालिका–३ का २९ वर्षीय हिमाल बिकसहित दुवै सवारीलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here