ढकाललाई ‘उत्कृष्ट सामाजिक व्यक्तित्व सम्मान’

0
40

झापा । भद्रपुर निवासी प्रतिष्ठित उद्योगी दिपेश ढकाललाई ‘उत्कृष्ट सामाजिक व्यक्तित्व सम्मान’ प्रदान गरिएको छ ।

राजनीतिक, सामाजिक, स्वास्थ्य, शिक्षा र खेलकुद लगायतका क्षेत्रहरुमा आफ्नो कुशल नेतृत्वदायी क्षमता प्रस्तुत गर्दै पुर्याएको योगदानको कदर गर्दै ढकाललाई सम्मान गरिएको हो ।

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा भद्रपुरमा आयोजित एक कार्यक्रमका बीच ढकाललाई सम्मान गरिएको हो ।

उनलाई भद्रपुर नगरप्रमुख गणेश पोखरेल, कार्यक्रमका अध्यक्ष कविन्द्रविक्रम नेम्वाङ, युनियनका सचिव भानुभक्त भट्टराई, नेपाली कांग्रेस झापाका कार्यवहाक सभापति केशवराज पाण्डेलगायतले सम्मानपत्र प्रदान गरेका थिए ।

रोटरी क्लब भद्रपुरका पूर्वअध्यक्ष रहेका ढकाल भद्रपुर झापा गोल्डकप र झापा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष छन् । उनी दर्जनौँ सामाजिक संघसंस्थामा आबद्ध रहेका छन् ।

त्यस्तै, झापा जिल्ला उसु संघ, झापा उद्योग संघ, रेडियो भिजन प्रालिको उपाध्यक्ष रहेका उनी गोरखाली सिमेन्ट उद्योग, दक्षिणकाली प्लास्टिक इन्डस्ट्रिज र खुश्बु इँटा उद्योगका प्रबन्ध निर्देशक छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here