आजबाट बिर्तामोडको बजार सातै दिन खुल्ला

0
110

झापा । सोमवार साप्ताहि रुपमा बन्द हुँदै आएको बिर्तामोडको ब्यवसाय आजबाट सातै दिन शुचारु हुने भएको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघले चाडपर्वलाई लक्षित गर्दै आजबाट सातै दिन बजार खुल्ला रहने जनाएको हो । संघका अध्यक्ष राजु न्यौपाने र महासचिव कुशल खतिवडाले विज्ञप्ति जारी गर्दै कात्तिक १८ गतेसम्म सातै दिन बजार खुल्ला रहने जनाएका छन् ।
यस बीचमा नेपालीहरुको महान चार्ड विजयादशमी, दिपावली,छठ लगायतका पर्व रहने र सुलभ दरमा व्यापार व्यवसाय सञ्चालन गर्न व्यवसायीलाई समेत अनुरोध गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here