गणेश अर्याल /इलाम।
गाउ टोलको बिकास तथा समृ्ध्दीको लागि टोलबिकास सस्थाको भुमिका महत्व पूर्ण भएको इलामको रोङमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।
रोङ ३ को कुटिडाँडामा आयोजित एक कार्यक्रमका बक्ताहरुले स्थानीय सरकारले गर्न नसक्ने काम पनि टोलबिकास सस्थाले सहजै रुपमा गर्न सक्ने पनि बताएका छन । कुटिडाँडा टोलबिकास सस्थाको दोश्रो साधारण सभालाई सम्बोधन गर्ने बत्ताहरुले यस्तो धारणा राखेका हुन । यसरी धारणा राख्नेहरुमा गाउपालिका अध्यक्ष मणिकुमार स्याङबो, ३ नम्बर वडा अध्यक्ष मात्रिका बराल लगायत रहनु भएको थियो ।
दुइबर्ष अघि २०७९ माघ १६ गते ३ नम्बर वडा कार्यालयमा दर्ता भइ स्थापना भएको टोलबिकास सस्थाले कुटिडाँडा बजारको बिद्युत ब्यवस्थापन तथा सरसफाइ कार्य टोलबिकास सस्था मार्फत हुदै आएको सस्थाका सचिब दिनेश निरौलाले बताउनु भयो । सस्थाले गत बर्ष ५ लाख ८ हजार १०२ रुपैया बराबरको प्राप्ती भुत्तानी कारोबार गरेको लेखा परिक्षण प्रतिबेदनमा उल्लेख छ ।
टोल बिकास सस्थामा ९१ हजार ७१४ रुपैयाको पुजीबचत रहेको र नगद ६३ हजार ४२४ रुपैया बैकम रहेको सचिब निरौलले जानकारी दिनुभयो । टोलबिकास सस्थाले सडक बिद्युत र सस्कृति जगेर्नालाई बिशेष जोड दिएर कार्यक्रम गरिरहेको छ । ्८९ घर सदस्य रहेको यस टोलमा ढल ब्यवस्थापन मु्रख्य चुनौती रहेको टोलबिकास सस्थाका अध्यक्ष मिलन भुजेलले बताउनुभयो ।
दिगो समस्या समाधानको लागि योजना बनाएर बजेट ब्यवस्थापन भए ढलको समस्या समाधान हुने अध्यक्ष भुजेल बताउनु हुन्छ । यो सग सगैे अब्यवस्थित पशुपालन घर घर सम्म पुग्ने बाटो निर्माणमा पनि चुनौती रहेको आगामी बर्ष सम्ममा समाधानको उपाय खोजि गरीने अध्यक्ष भुजेल बताउनु हु्रन्छ ।
यसैबिच साधारण सभाको अवसरमा टोलबिकास सस्था भित्रका १ जना एकल महिलाहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुने हरुमा लिला राई, सिता लावती, जिना बस्नेत, डम्बर कुमारी पौडेल, राधिका निरौल (क) राधिका निरौला (ख) लक्ष्मी राई निरौला, रजनकुमारी राई, उमादेबी राई, दिर्घमाया भूजेल, मैया आचार्य, टेकमाया बस्नेत, शान्ति राइ, शान्ति सावा लिम्बु, शान्ति भूजेल, पबित्रा भूजेल, टिका भूजेल र तारा राई रहनु भएको छ । त्यसैगरी नियमित रुपमा सरसफाइ कार्यक्रममा उपस्थित हुने र उत्कृष्ठ सरसफाइ कर्ताको रुपमा ५ जना टोलबासीलाई सम्मान गरिएको छ । यसरी सम्मान पाउनेहरुमा याताराम गुरुङ, देबी बस्नेत, अनिता भूजेल, मनिका भूजेल र देबी निरौला रहनु भएको छ ।
उत्कृष्ठ सरसफाइ कर्ताको रुपमा बालकृष्ण मिश्र सम्मानित हुनुभएको छ । साधारण सभाको कार्यक्रममा उपाध्यक्ष बिष्णुमाया खवास, शान्ति निकेतन माध्यमिक बिद्यालयका प्रधानाध्यापक भुपाल खड्का खानेपानी उपभोक्ता समिति अध्यक्ष रोहितकुमार गुरुङ माता पाथीभरा साना पर्यटन ब्यवसायी समुहका अध्यक्ष राम खवास जेष्ठ नागरिक समाजका अध्यक्ष बिष्णुप्रसाद बराल लगायतको आतिथ्यता रहेको थियो ।
यसै बिच गाउपालिका भरीमा ५७ वटा टोलबिकास सस्था गठन गर्ने क्रममा रहेको गाउपालिका अध्यक्ष मणिकुमार स्याङबोले बताउनु भएको छ । एक घर बाट महिनामा एक जना श्रम मा जानुपर्ने अनुसारको कार्यबिधी बनाएर लागु गर्ने पनि अध्यक्ष स्याङबोले बताउनु भएको छ । रोङ गाउपालिकामा साबिकको ४ वटा गाउबिकास समिति समेटिएपछि हाल ६ वटा वडा कायम रहेको छ ।