चारआली ।

फुलबासा कृषि सहकारी सस्थाको १३औ साधारण सभा चारआलमिा सम्पन्न भएको छ।
साधारण सभा कै अवसरमा आफ्ना तीन जना सियर सदस्यहरुलार्इ सम्मान गरेको छ। उत्कृष्ट बचतकर्तामा तारा भट्टराई ,उत्कृष्ट ऋणमा राम बहादुर बस्नेत र उत्कृष्ट कृषकमा लक्ष्मी सिग्देललाई दोसल्ला र सम्मान पत्रद्वारा सम्मानित गरिएको थियाो ।
सस्थाका अध्यक्ष यामकान्त प्याकुरेलले सभापतिकै आशनबाट कुल सात करोड ९२ लाख पाँच सय ८० रुपैयाँ बराबरको वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए। झापा जिल्ला सहकारी सघका अध्यक्ष गणेश ढकालले उद्घाटन गरेको कार्यक्रममा सस्थाका सचिव तथा ब्यबस्थापक गोपाल सिग्देलले सस्थाको गतिबिधिको बारेमा स्पष्ट पारेका थिए।

सस्थाकी उपाध्यक्ष उर्मिला ढकालले स्वागत गरेको कार्यक्रममा राष्ट्रिय सहकारी बैक मेचीनगरका अध्यक्ष प्रेमकुमार श्रेष्ठ , हातेमालो वन उपभोक्त समितिका अध्यक्ष चन्द्रप्रसाद सिग्देल, सस्थाका सस्थापक अध्यक्ष तेजप्रसाद सिग्देल, पूर्वी पाथिभरा सहकारीका अध्यक्ष विश्वनाथ धिताल लगायतले शुभकामना दिएका थिए ।
सोही अवसरमा प्रमुख अतिथी ढकालले जोखिमको विश्लेषण गरेर कारोबार लगानी गर्न र भौतिक निर्माण एवम् जग्गा खरिदका लागि छुट्टै जगेडा कोष निर्माण गर्न सुझाव दिएका थिए। संस्थामा एक हजार ९८ जना सियर सद्स्य रहेका छन।































