‘प्रचण्ड’ लाई हत्यारा भन्ने चार जना चन्द्रगढी विमानस्थलबाट पक्राउ

0
95

सुरुङ्गा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हत्यारा भनेको आरोपमा प्रहरीले चारजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर १० धुलाबारी निवासी २७ वर्षीय सोना गेलाल सहित चार जना रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

चन्द्रगढी विमानस्थल हुँदै पूर्व राजा ज्ञानेन्द्र शाह र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजै काठमाडौं पर्कन लाग्नु भएको थियो । तर, खराव मौसमका कारण जहाज उड्न नसकेपछि पूर्वराजाका समर्थकले नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालको विरुद्ध चन्द्रगढी विमानस्थल वाहिर नारावाजी गरेका थिए । सो क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here