‘जेसीज मिशन र उपभोक्रा जागरण’ सम्बन्धी अन्तरक्रिया

0
9

लक्ष्मीपुर ।

अर्जुनधारा जेसीजले स्थापना दिवसको अवसर पारेर ‘जेसीज मिशन र उपभोक्रा जागरण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ ।

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर–५ स्थित ब्राइटर इग्लिस स्कुलमा आज (सोमबार) नेपाल जेसीजको ६० औं स्थापना दिवसको अवसर पारेर बिद्यार्थीसँग अन्तरक्रिया गरिएको हो । ‘युवा उद्यमी, स्वदेशमा लगानी’ भन्ने मुल नाराका साथ जेसीजले ६० औं स्थाना दिवस मनाउने उदेश्य अनुरुप अन्तरक्रिया कार्यक्रम गरेको हो ।

बजारमा सामाग्री खरिद गर्दा गुणस्तरीहीन हुन सक्ने भएकाले गुणस्तरीय सामाग्री खरिद गर्न जोड दिने उदेश्यले उपभोक्ता जागरण सम्बन्धी अन्तरक्रिया गरिएको अर्जुनधारा जेसीजका अध्यक्ष बसन्तकुमार बुढाथोकीले जानकारी दिए ।

अर्जुनधारा जेसीजका अध्यक्ष बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन अर्जुनधारा नगरपालिकाका राजश्व शाखा प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि डेनजनी आचार्यले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि आचार्य, ब्राइटर इग्लिस स्कुलका प्रिन्सिपल तथा अर्जुनधारा जेसीजका पूर्व अध्यक्ष भास्कर भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए । स्वागत अर्जुनधारा जेसीका पूर्व अध्यक्ष प्रेमकुमार खड्काले गरेको कार्यक्रमको सञ्चालन सचिव गौरव भण्डारीले गरेका थिए ।

अन्तरक्रियाको सहजीकरण जागरण अभियान झापाका सचिव तथा जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष बिशाल थापाले गरेका थिए । अन्तरक्रियामा बिद्यार्थी र अभिभावकको बाक्लो उपस्थिति रहेको थियो ।

अर्जुनधारा जेसीजले यसअघि पनि गत भदौं १४ गते अर्जुनधारा–२ खुदुनाबारीमा पनि युवाहरुका लागि उपभोक्ता जागरण अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

अर्जुनधारा जेसीज, युथ अफ खुदुनाबारी र नेपाल रेडक्रस खुदुनाबारी उपशाखाको संयुक्त आयोजनामा अन्तरक्रिया गरिएको थियो । उक्त अन्तरक्रियाको समन्वय तथा सहकार्य अर्जुनधारा नगरपालिकाले गरेको थियो भने प्राविधिक सहयोग उपभोक्ता जागरण अभियान झापाले गरेको अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here