ब्राउन सुगरसहित पक्राउ

0
11

झापा ।

झापाको काँकरभिट्टामा ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् ।

मेचीनगर नगरपालिका–६ स्थित भन्सार अगाडि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ताप्लेजुङ जिल्ला श्रीजंघा गाउँपालिका–२ का २७ वर्षीय विशाल लिम्बुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट १ ग्राम ५३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here