मेची क्याम्पसका उपप्राध्यापक खरेलको निधन

0
7

झापा । मेची बहुमुखी क्याम्पस भद्रपुरका उपप्राध्यापक पुण्य खरेलको निधन भएको छ । साहित्यकार तथा समालोचक समेत रहेका बिर्तामोड नगरपालिका – ५ निवासी खरेलको मंगलबार बिहान हृदयाघातका कारण निधन भएको हो ।

खरेलको एउटा समालोचना कृति छ । भाषा तथा साहित्य विषयको अध्येता समेत रहेका उनी एक साता अघि मुटुमा सामान्य भएपछि उपचारका लागि काठमाडौँ गएका थिए । उनको काठमाडौँमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here