असोज ११ देखि १९ गतेसम्म सातौ बेलबारी आरजु राईस गोल्डकप

0
17

छविराज ढकाल/ पथरीश्निश्चरे,

मोरङको बेलवारीमा यही असोज ११गतेदेखि १९ गते सम्म सातौँ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप -२०८१ हुने भएको छ।

आईतबार बेलवारी नगरपालिकाको सभाहलमा एल एक्स सिटी फुटबल क्लबले एक पत्रकार सम्मेलनमार्फत सो प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो। बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईको प्रमुख आतिथ्यतामा आयोजित सम्मेलनमा उक्त प्रतियोगिता प्रस्तावित लक्ष्मी मार्ग रंगशालामा संचालन गरिनेछ ।

सो गोल्डकप फुटबल प्रतियोगिताको माध्यमबाट देश विदेशमा बेलबारी नगरपालिकालाई चिनाउने र नगरको शान उच्च राख्ने कुरामा आफुले विश्वास लिएको बताउनु हुंदै बेलबारी नगरप्रमुख दिल प्रसाद राईले खेलकुद क्षेत्रमै मोरङ जिल्लाकै दोस्रो ठुलो पुरस्कार राशी भएको प्रतियोगिता बेलबारीमा हुन लागेको दावी गर्नुभयो।

उहाँले अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सभ्य र भव्य आयोजनाका साथ प्रतियोगिताको सफलताको कामना गर्नु भयो। सो प्रतियोगिताको लागि बेलबारी नगरपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिईयो। २ तोला ५०० ग्राम चादि र २ तोला सुन जडित ८ लाख बराबरको ट्रफी जित्न कुनै एक फुटबल क्लबले लगातार ३ वर्ष सो प्रतियोगिताको उपाधी उचाल्नु पर्नेछ। लक्ष्मी मार्ग निवासी पोपिराज राई र ज्योतिराज राईले आफ्नो स्वर्गीय बुबा मज एन. बी. राईको स्मृतिमा यस वर्षदेखि रनिङ कप गोल्डकपको सौजन्य गरेको पोपिराज राईले जनाउनु भयो। उहाँले सोहि सम्मेलनमार्फत नगरप्रमुख दिल प्रसाद राईको उपस्थितिमा खेल आयोजक समितिका अध्यक्ष विक्रम राईलाई ट्रफी हस्तान्तरण गर्नु भएको थियो।

प्रतियोगिताका प्रथम र दोस्रो स्थान हासिल गर्ने फुटबल टिमले क्रमश ८ लाख र ४ लाख रुपैयाँ नगदसहित ट्रफी र मेडल प्रदान गरिने आयोजक एल एक्स सिटी फुटबल क्लब अध्यक्ष विक्रम राईले बताउनुभयो । उहाँले हरेक खेलमा म्यान अफ दि म्याच घोषित खेलाडीलाई ५ हजार नगद दिइने बताउनुभयो । प्रतियोगिताको फाइनल खेलमा सर्वोकृष्ट खेलाडी , सर्वोत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्सर, सर्वोत्कृष्ट मिटफिल्डर, सर्वोत्कृष्ट गोलकर्ता, उदयमान खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षकलाई पनि पुरस्कृत गरिने भएको हो।

हाल प्रस्तावित रंगशाला लक्ष्मीमार्गको खेल मैदानमा ३५ सय अट्ने दर्शकहरूको लागि प्याराफिट निमार्ण भई रहेको छ। प्रतियोगितामा ६० लाख आय र ५५ व्याय हुने अनुमान गरिएकोछ।
प्रतियोगितामा झापा ११ एफसी , एल एक्स सिटी एफसी, भोजपुर डी एफ ए, ब्रिगेड बोइज काठमाडौँ , सलहेश युथ क्लब सिराहा, डल्सिङ पारा एस ए इन्डिया, रारा एफ सी धनकुटा, बुटवल लुम्बिनी एफसी बुटवल, चितलाङ एफसी काठमाडौँ र नेपाल पुलिस क्लब काठमाडौँ गरी कुल १० वटा टिमले सहभागिता जनाउनेछ।

उक्त अवसरमा बेलबारी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत किरण प्रसाद ढकाल , खेल आयोजक समितिका पदाधिकारीहरु तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here