पिताको स्मृतिमा संज्जनकुमारद्वारा राहत कोषमा सहयोग

0
44

झापा, बिर्तामोडका व्यवसायी स्व.रतिराम वंशलको स्मृतिमा उनका छोरा सज्जनकुमार वंशलले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायिक राहत कोष’लाई सहयोग गरेका छन् । उनले ३१ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
संघका पूर्व उपाध्यक्ष समेत रहेका सञ्जन कुमारले पिताको स्मृतिमा सोह्र श्राद्धको अबसरमा संघलाई सहयोग गरेको बताए । हरेक वर्ष बुवाको स्मृतिमा सामाजिक कार्यमा थोरै रकम छुट्याउने गरेको छु त्यस मध्येको एक अंश संघलाई सहयोग गरेको हुँ उनले भने – आगामी दिनमा संघमा मेरो सहयोग रहन्छ ।
संघलाई प्रदान गरेको रकम बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई प्रदान गरिएको थियो । वंशलले पिताको स्मृतिमा प्रदान गरेको रकम ग्रहण गर्दै संघका अध्यक्ष न्यौपानेले संकलित रकम बिर्तामोडकै व्यवसायीलाई समस्यामा पर्दा सहयोग गर्ने गरी कोष स्थापना गरिएको र कोषमा एक करोड रुपैयाँ पु¥याउने बताए । उनले संघले स्थापना गरेको कोषका लागि रकम प्रदान गर्ने वंशल परवारलाई धन्यवाद समेत दिए ।


योसंगै कोषमा सहयोग पु¥याउने वंशललाई सम्मान समेत गरिएको छ । सो सम्मान पत्र संघका कोषाध्यक्ष युवराज निरौलाले बाचन गरेका थिए ।
कार्याक्रममा बिर्तामोडका व्यवसायी र संघका पदाधिकारीको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन संघका उद्योग  उपाध्यक्ष विशाल थापाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here