बिर्तामोडमा असोज ११ गते ‘द फेशन नेपाल’ हुने

0
15

बिर्तामोड । झापाको बिर्तामोडमा ‘द फेशन नेपाल’ आयोजना हुने भएको छ । आयोजक संस्था इलाइट इभेन्टले आज (बुधवार) बिर्तामोडमा पत्रकार सम्मेलन गरेर द फेशन नेपालको बारेमा जानकारी दिएको हो । इलाइट इभेन्टका प्रवन्ध निर्देशक कुशल गिरीका अनुसार असोज ११ गते बिर्तामोडमा द फेशन नेपालको फाइनल हुन लागेको हो ।

फाइनलमा गत असोज १ गते भएको अडिशनबाट छनौट भएका १८ जना प्रतियोगीका बिच प्रतिस्पर्धा हुने इभेन्टका प्रवन्ध निर्देशक गिरीले जानकारी दिए । उनले अडिसनमा ३० जना भएको र फाइनलका लागि १८ जना छनौट भएको बताए ।

प्रवन्ध निर्देशक गिरीले पूर्वमा फेशन शो एकदमै कम हुने गरेको अवस्थालाई मध्यनजर गरेर बिभिन्न कार्यक्रम गर्दै आएको इलाइटले पहिलो पटक द फेशन नेपाल आयोजना गरेको बताए । अडिशनबाट छनौट भएका १८ जना प्रतियोगीलाई १२ दिनको तालिमसमेत दिइएको बताइएको छ ।
लागि नेपालमा मात्र नभएर अन्तराष्ट्रियसमेत कोरियोग्राफरका रुपमा परिचित स्मीथ तामाङले द फेशन नेपालको कोरियोग्राफरको जिम्मा लिएको गिरीले बताए ।

११ गते हुने द फेशन नेपालको फाइनलमा अभिनेत्री करिश्मा मानन्धर र स्थानीय फेशन मोडल सुवानी खड्का क्षेत्रीको समेत उपस्थिति रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । फाइनलबाट ब्राण्ड एम्बेसडर, ब्राण्ड मोडल र कर्मसियल मोडल गरी तीन बिधा छनौट गरिने बताइएको छ ।

बिर्तामोडको चिरायु रिसोर्टमा असोज ११ गते ४ बजेदेखि हुने कार्यक्रम ५०० र ३०० रुपैयाँको टिकट रहने बताइएको छ । पत्रकार सम्म्मेलनमा इभेन्ट मेनेजर चेतनसिंह बस्नेत, फेशन डिजाइनर विवेश राई, जेशु अग्रवाललगायतको उपस्थिति रहेको थियो । इभेन्टका लागि अनुमानित ८ लाख खर्च हुने र त्यो खर्च प्रायोजकबाट संकलन गरिने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here