सुन्दरहरैंचामा जितिया बिशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

0
2

योगेन्द्र योगी,
बिराटनगर।

मोरङको सुन्दरहरैचा नगरपालिका – २ मृगौलिया थारु समुदायको महत्वपूर्ण चाड जितिया बिशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। थारु कल्याणकारिणी सभा तथा थारु महिला सभा सुन्दरहरैंचाको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा गाँउ, टोल, तथा वडाका थारु, राजवशींसमुदायका महिलाहरुको सहभागिता रहेको थियो।

थारु कल्याणकारिणी सभा नगर अध्यक्ष बिलट चौधरी, थारु महिला सभा सुन्दरहरैंचाकी अध्यक्ष दुर्गा चौधरीको अध्यक्षतामा र सुन्दरहरैचा नगर प्रमुख केदार प्रसाद गुरागाईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथिका रुपमा नगर उपप्रमुख अकली चौधरी,पूर्व नगर प्रमुख शिव प्रसाद ढकाल,पूर्व उप प्रमुख धना तामाङ लगायत १२ वटै वडाका जनप्रतिनिधहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सुन्दरहरैचाका १२ वडाका थारु समितिहरूले आफ्नो जातीय पहिचान झल्काउने भेषभूषासहित सहभागिता जनाए। सहभागीहरूले परम्परागत पोशाकमा सजिएर नृत्य, गीत प्रस्तुत गरेका थिए। नृत्यमा सहभागी १२ वटा वडा मध्य क्रमश प्रथम,द्वितीय,तृतीय र सान्त्वना हुने टोलीहरुलाई नगद र प्रमाणपत्र वितरण गरिएको थारु महिला सभा सुन्दरहरैंचाकी अध्यक्ष दुर्गा चौधरी जानकारी दिईन्।

कार्यक्रममा शुभकामना दिँदै नगर प्रमुख केदार प्रसाद गुरागाईले तराईबासीहरुको सँस्कार प्रति चासो दिँदै जितिया पर्व एकता र संस्कृतिका लागि महत्वपूर्ण रहेको बताए । आफ्नो भेषभूष, भाषा, संस्कृति र रहनसहनलाई संरक्षण गर्दै जानुपर्ने बताए ।

शुभकामना दिँदै पूर्व नगर प्रमुख शिव प्रसाद ढकालले थारु समुदायका विभिन्न प्रतिनिधिहरूले आफ्नो विचार राख्दै, यस्ता कार्यक्रमहरूले थारु समुदायको पहिचान, संस्कृति, र परम्परालाई जीवन्त राख्न महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

नगर उपप्रमुख अकली चौधरीले पनि थारु संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनमा नगरपालिकाले निरन्तर सहयोग गरिरहेको र आगामी कार्यक्रमहरुमा पनि गर्दै जाने बताईन्। कार्यक्रममा विभिन्न थारु कलाकारहरुले आ-आफ्नो प्रस्तुति दिएका थिए। जितिया शब्दको शाब्दिक अर्थ बिजय हासिल गर्नु हो । पौराणिक कालदेखि नै मनाउदै आएको यो पर्व पुर्बि तराईका आदिवासी धर्तिपुत्र थारु जातिको महत्वपुर्ण एैतिहासिक पर्व हो ।

प्राय तराईवासी बिबाहिता नारीले आफना पति तथा सन्तानको लामो आयुको कामना गर्दै निष्ठापुर्वक जितिया पर्व मनाउने गर्छन् । यस कार्यक्रमले सुन्दरहरैचाको सांस्कृतिक विविधता र थारु समुदायको महत्वपूर्ण योगदानलाई प्रस्तुत गर्दै, उनीहरूको समृद्ध संस्कृतिलाई अझै सशक्त बनाएको छ। कार्यक्रम सहजीकरण रुक्मिता चौधरीले गरेकी थिईन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here