झापा।
झापाको बिर्तामोडस्थित न्युटन्स् एजुकेशन एकाडेमी द बेष्ट टुरिजम क्लब अवार्ड २०२४ बाट सम्मानित भएको छ ।
टुरिजम रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्यूटले नेशनल टुरिजम कन्फरेन्स २०२४ को अवसरमा न्युट्न्सलाई सम्मान पत्रसहित अवार्ड प्रदान गरेको हो ।
उक्त अवार्ड न्यूटनस् टुरिजम क्लबका संयोजक पवित्रा पौडेलले ग्रहण गरेकी थिइन् । देशभर गठित नेशनल सस्टेनेवल टुरिजम क्लव (एनएसटीसी) हरुमध्येबाट वार्षिक क्यालेन्डर अनुसार इन्स्टिच्यूटले विविध कार्यक्रमहरु गर्दै सक्रिय रहेका क्लब मध्येबाट न्युट्न्स छनोट भएको थियो ।
स्थानीय क्षेत्रमा पर्यटकीय सम्भावना भएका ठाउँको पहिचान गरी तिनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पर्यापर्यटनलाई प्रबद्र्धन गर्दै बिकासको क्रममा जोड्न मद्दत पुग्ने भएकाले क्लबका बालबालिकालाई पर्यटनको विषयमा बुझाउन क्लब सक्रिय रूपमा लागीपरेको छ ।
त्यसैगरी रिसर्च रिपोर्ट प्रस्तुतिमा न्युट्न्सका संस्कार भट्टराई र नेपाल एपीएफका स्कूल कीर्तिपुरका विवेकानन्द प्रथम भएका छन् । देशभरिका विभिन्न विद्यालयबाट सहभागी विद्यार्थीहरुलाई पछि गर्दै संस्कार र विवेकानन्द स्पेनमा आयोजना हुन् प्रतियोगिताको लागि छनोटको भएका छन् ।