चिल्ड्रेन हस्पिटल तेस्रो वर्षमा प्रवेश

0
46

बिर्तामोड । बालबालिकाको लागि छुट्टै संचालित झापा बिर्तामोडको बिर्तामोड चिल्ड्रेन हस्पिटल सञ्चालनमा आएसंगै धेरै बालबालिकाले आफ्नै ठाँउमा उपचार पाएका छन् ।

बालकालिका सम्बन्धि सबै रोगको उपचार गर्ने उद्धेश्यले सञ्चालनमा आएको बिर्तामोड चिल्ड्रेन हस्पिटल तेस्रो वर्षमा प्रवेश गरेसंगै हजारौं बालबालिकाले उपचार सेवा पाएको जनाइएको छ । अस्पतालको तेस्रो वार्षिक उत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रममा एक वर्षको अवधिमा दुई हजार सात सय ५१ जनालाई ओपिडि सेवा प्रदान गर्नुका साथै इमरजेन्सी सेवा एक हजार ७४ तथा दुई हजार एक सय ७८ जनाले अस्पतालमा भर्ना भएर सेवा लिएको अस्पतालका एमडी तथा बालरोग विशेषज्ञ डा. रुपक आर्चायले जानकारी दिए ।

अत्याधुनिक जापानिज प्रविधिका उपकरणसहित इको र इसिजीको समेत व्यवस्थासहित चौबीसै घण्टा सेवा प्रवाह गरिरहेका छौं भने छ जना विशेषज्ञ चिकित्सक र अनुभवी नर्सिङ स्टाफसहितको अस्पताल सञ्चालनमा रहेको अस्पतालले नावजात शिशु तथा बालबालिकाको उपचाार गर्दै आाएको जनाइएको छ । अस्पतालमा भर्ना भएका विरामी मध्ये ३ प्रतिशत विरामीलाई मात्रै आईसियुमा राख्नु परेको छ भने ९७ प्रतिशत बिरामीलाई वार्डमा राखेर उपचार सेवा प्रवाह गरेको एमडी आर्चायले बताए ।

बालबालिकमा देखा पर्ने रोगहरु मेनेन्जाईटिस्, मुटुको बिरामी, दिमागमा अक्सिजनको कमी, बाथ रोग, मृगौला रोग लगायतका जटिल रोगहरुको समेत सफल उपचार गर्नुका साथै अटिजम रोग समेत पत्ता लगाउनुका साथै बालकालिकाको विकास अर्थात मानसिक र शारिरीक विकास पत्ता लगाएर सोही अनुसारको उपचार पद्धति समेत अप्नाएर सेवा दिई रहेको अस्पतालकी सिईओ डा. सुजता मैनाली आर्चायले बतााए । अस्पतालमा दक्ष टीम, मोर्डन फेसिलिटी,बालबालिकाका लागि फ्रेन्डली इन्भाइरोमेन्ट,वातानुकूलित केबिन, नर्सरी वार्ड ,चौबीसै घण्टा इमर्जेन्सी , चौबीसै घण्टा फार्मेसी, अत्याधुनिक ल्याबलगायतका सेवा उपलब्ध रहेको र एनआइसियु , पिआइसियु,अटिजम स्क्रिनिङजस्ता सेवाहरु समेत रहेको अस्पतालकी अध्यक्ष लीला मैनालीले जानकारी दिइन् । उनले उपचारलााई थप ब्यवस्थित गर्दै लैजाने बताइन् ।

तीन वर्षअघि १५ शय्याको चिल्ड्रेन अस्पताल सुरु गरेको र सेवा विस्तार गर्दै लैजाने योजनामा रहेको जनाइएको छ । एक वर्षको अवधिमा २४ लाख २४ हजार ३०९ रुपैंया छुट दिएको जनाइएको छ । एक वर्षको अवधिमा विभिन्न गाँउपालिका–नगरपालिकाका साथै विभिन्न संघ–संस्थासंग समन्व्य गरेर नवजात शिशु तथा बालबालिकाको स्वास्थ्यका विषयमा स्वास्थ्य शिविर समेत सञ्चालन गरेको अस्पतालले जनाएको छ । अस्पतालमा अध्यक्ष लीला मैनाली, एमडी डा. रुपक आर्चाय, सिईओ डा. सुजता मैनाली आर्चाय, सुपरभाइजर राजेन्द्र मैनाली, फाउण्डर दीपकप्रसाद आर्चाय र प्रेमा आर्चाय रहेको जनाइएकाो छ । हस्पिटलकी अध्यक्ष लीला मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा नमुना टोल विकास संस्थाका अध्यक्ष विजयकुमार बुढाथोकी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए भने सिईओ डा. सुजता मैनाली आर्चायले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोलले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here